केपी ओलीले जनयुद्ध दिवस मनाउदा, बाबुरामले किन छाडे ?

 अनलाइनखबर पाटी     १ फाल्गुन २०७६, बिहीबार

१० बर्ष सँगै रहेका नेताहरु अहिले छिन्न भिन्न भएका छन् । मोहन बैद्य किरण छुटै पार्टीमा छन् भने बाबुराम भट्राईले जनयुद्ध दिवस मनाउन छोडिसकेका छन् । समयको चक्र यसरी परिवर्तन भएको छ कि जनयुद्धका कट्टर आलोचक प्रधानमन्त्री केपी शर्मा ओली जनयुद्ध दिवस मनाउन थालेका छन् ।


काठमाडौं । फागुन १ अर्थात माओवादी जनयुद्धको थालनी दिन । २०५२ साल फागुन १ गतेदेखि शुरु भएको माओवादी जनयुद्ध लगभग १० बर्ष चल्यो । राजनीतिक एजेण्डा बोकेको पार्टीले हत्या र हिंसाको बाटो पनि रोज्यो । बन्दुक पड्कायो, ब्यक्तिको ज्यान लियो । देश अस्तब्यस्त भयो । तर २४० बर्षे राजतन्त्रको जरा हल्लाउन सफल भयो ।

देशबाट राजतन्त्रको अन्मुलन माओवादी जनयुद्धले गराएको भने होइन । यदपी कतिपय अफवाह फैलाउने पूर्वमाओवादीका नेताहरु जनयुद्धले राजतन्त्र गएको हल्ला गर्न भने छोडेका छैनन् । माओवादी जनयुद्धले राजतन्त्र विरोधी मोर्चा भने बनाउन सफल भएको हो ।

२४ बर्षअघि माओवादी जनयुद्ध थाल्दा पुष्पकमल दाहाल प्रचण्ड, मोहन बैद्य किरण, बाबुराम भट्राई, रामबहादुर थापा, कृष्णबहादुर महरालगायतका नेताहरु थिए । १० बर्ष सँगै रहेका नेताहरु अहिले छिन्न भिन्न भएका छन् । मोहन बैद्य किरण छुटै पार्टीमा छन् भने बाबुराम भट्राईले जनयुद्ध दिवस मनाउन छोडिसकेका छन् । समयको चक्र यसरी परिवर्तन भएको छ कि जनयुद्धका कट्टर आलोचक प्रधानमन्त्री केपी शर्मा ओली जनयुद्ध दिवस मनाउन थालेका छन् ।

जनयुद्धका सर्वाेच्च कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धले लिएका नीति र कार्यक्रम विर्सन गरेपनि जनयुद्ध दिवस भने मनाउन छाडेका छैनन् । शहिद, घाइते अपांगलाई सम्झने दिनको रुपमा जनयुद्ध दिवस मनाउन थालिएको छ । माओवादी र एमालेको एकतापछि नेकपा बनेको छ । नेकपा बनेपछि तत्कालिन एमाले र माओवादी दुवैले संयुक्तरुपमा जनयुद्ध दिवस मनाउँदैछन् ।

दुवै पार्टी एकतापछि नेकपा बन्यो । त्यसका दुई अध्यक्ष ओली र प्रचण्डले जनयुद्ध दिवस मनाउन थाल्दा बाबुरामले छाडेका छन् । माओवादीबाट नयाँ शक्ति हुँदै संघिय समाजवादीसँग एकता गरेर समाजवादी पाटी बनाएका बाबुरामले जनयुद्ध दिवस विगत केही बर्षदेखि मनाउन छोडेका छन् । उनले जनयुद्ध दिवस मात्र नभई कम्यूनिष्ट पार्टी नै छोडिदिएका छन् । बाबुरामले कम्यूनिष्ट छोडेपछि उनी निकटका पूर्वमाओवादी नेताहरुले पनि बाबुराम छोडेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाले आज पार्टी मुख्यालय धुम्वाराहीमा जनयुद्ध दिवस मनाउने तयारी गरेको छ । २४ केजीको केक आज जनयुद्धका तत्कालिन प्रखर विरोध केपी शर्माले काट्दैछन् । जनयुद्धका सर्वाेच्च कमाण्डरले ताली बजाउने हुनेछ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट