स्थायी शिक्षकको विज्ञापन खुल्ने पक्का, शिक्षकको रिक्त विवरण पठाउन सबै इकाइलाई निर्देशन

 अनलाइनखबर पाटी     १ फाल्गुन २०७६, बिहीबार

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले रिक्त शिक्षक पदको विवरण पठाउन देशभरका सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

केन्द्रले एक सूचना निकाल्दै, शिक्षक सेवा आयोगको माघ २७ गते पाप्त भएको पत्रअनुसार सबै जिल्लाका सामुदायिक विद्यालयहरुमा स्वीकृत दरबन्दीमा शिक्षक पद स्थायी रुपमा पदपूर्ति र बढुवावाका लागी छिटोछरितो तरिकाले विवरण उपलब्ध गराउन अनुरोध गरेको हो ।

केन्द्रले जारी गरेको सूचनामा भनेको छ, ‘शिक्षक सेवा आयोगको मिति २०७६/१०/ २७ को पत्रबाट जिल्लाका सामुदायिक विद्यालयहरुमा स्वीकृत दरबन्दीमा शिक्षक पद स्थायी रुपमा पदपूर्ति र बढुवावाका लागी रिक्त शिक्षक पदको विवरणलाई यस केन्द्रको वबेसाइट मा राखिएको छ । विस्तृत निर्देशन अध्ययन गरी संलग्न गरिएको ढाचामा छिटोछरितो साधानद्वरा यस केन्द्रमा हार्ड र सफ्टकपी पठाउन हुन अनुरोध छ ।’

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट