रगतको आहालमा टेकेर जनयुद्धलाई धक्का दिने गद्दारहरु सत्तासिन भए–मोहन बैद्य
अनलाइनखबर पाटी १ फाल्गुन २०७६, बिहीबारकाठमाडौं । नवसंशोधनवादी चिन्तन र मुल नेतृत्व गद्दार भएपछि जनयुद्धले गम्भीर धक्का खाएको नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले किरणले संस्लेशण गरेका छन् । जनयुद्ध दिवसको अवसरमा उनले मुल नेतृत्वमा बिचलन र गद्दारी भएका कारण जनयुद्ध र क्रान्तिले धक्का खाएको बताए । नेपाली नयाँ जनवादी क्रान्तिले धक्का खाए पनि क्रान्तिको प्रक्रिया समाप्त नभएको उनले दावी गरे ।
‘माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको छ’ २५ औं जनयुद्ध दिवसमा विज्ञप्ति जारी गर्दै बैद्यले भनेका छन् ‘दश वर्षको महान जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन् ।’
पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै बैद्यले लाखौको बलिदानी गराएर आफुले आत्मसमर्पण गरेको आरोप पनि लगाएका छन् । प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । १० बर्षसम्म चलेको युद्धमा १७ हजार मानिसले ज्यान गुमाएका थिए । २०६३ मंसिर ५ गते हतियार बिसाउँदै शान्ति प्रक्रियामा आएपछि माओवादीभित्र बिग्रह शुरु भएको थियो ।
पहिले बैद्य बादलले पार्टी फुटाएका थिए भने पछि बाबुरामले माओवादी छोडेर नयाँ पार्टी बनाए । बादल फेरी प्रचण्डमा बिलय भएका छन् भने बैद्यबाट फाटेर नेत्रबिक्रम चन्दले अर्काे पार्टी बनाएका छन् ।
Leave a Reply