दोलखाको तामकोशी गाउपालिकामा आफू खुशी बिध्यालय बन्द गर्दै – घुम्दै

 अनलाइनखबर पाटी     २ फाल्गुन २०७६, शुक्रबार

प्रधानाध्यापक लापरबाहीका कारण दाेलखाकाे तामाकोसी गाउँपालिका १ भिरकाेटमा रहेकाे भीमेश्वर अाधारभुत विद्यालय सराेकारवालालाई जानकारी नदिई बन्द हुने गरेकाे छ ।

एक देखि अाठ कक्षा सम्म संचालनमा रहेकाे साे विद्यालय बन्द हुदा बिद्यालय ब्यबस्थापन समिति ,वडा कार्यालय ,गाउँपालिका शिक्षा शाखा कसैलाई जानकारी  नभएकाेे जनाएकाछन ।

कसैलाई जानकारी नै नदिई अाधा विद्यार्थीलाई कालिञ्चाेक भ्रमण र पिकनिक लगेकाे प्रधानध्यापक  मिना कटुवालले स्वीकारिन ।उनले भनिन गलत भयाे अबका दिनमा दाेहाेरिदैन । तीन कक्षा भन्दा माथिका विद्यार्थी जनही ६ सय उठाएर अरू खर्च शिक्षक स्टापले ब्यहाेरेर कालिञ्चाेक भ्रमण र पिकनिक लगेकाे कटुवाल बताईन ।

यता तामाकोसी गाउँपालिका १ का वडा अध्यक्ष महेश्वर काफ्लेले भन्छन सरकारी तलव खाएर बालबालिकाकाे भविष्य माथि खेलवाड गर्ने अधिकार कसैलाई छैन । मनखुशीले अाफ्नाे घर चलाउने बिद्यालय हाेईन उनले भने ।कानुनी राज्यको उपहास गर्नेलाई कार्वाही हुन्छ काफ्ले भने ।यता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिज्ञान काेईरालाले भने शैक्षिक संस्थामा मनाेमानी गरि कानुनकाे खिल्ली उडाउने कार्वाही दाहेरामा पर्ने छन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट