बाहिर देशबाट पाहुना बोलाएपछि गृह मन्त्रालयले किने रोक्यो मुस्लिम धार्मिक सभा हेर्नुहोस्

 अनलाइनखबर पाटी     ३ फाल्गुन २०७६, शनिबार

सप्तरी । गृह मन्त्रालयले सप्तरीमा हुन लागेको धार्मिक सभालाई हस्तक्षेप गरेको छ । धार्मिक सभाका लागि आयोजकहरुले २ करोड बढी रकम खर्च गरिसकेपछि गृहमन्त्रालयले रोक्न आदेश दिएको छ । मुस्लिम समुदायले गर्न लागेको धार्मिक सभाले प्रतिबद्धताअनुसार काम नगरेको भन्दै गृहमन्त्रालयले रोक्न निर्देशन दिएको छ ।

मुस्लिम समुदायको धार्मिक सभामा नेपाल र भारतबाट सहभागी हुने गरी प्रतिबद्धता गरिएको थियो । तर आयोजकले विश्वका धेरै देशबाट सहभागी गराउने भएपछि सरकारले हस्तक्षेप गरेको छ ।

गृह मन्त्रालयले बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरीलाई पत्राचार गरी कार्यक्रम स्थगित गर्न निर्देशन दिएको छ । नेपाल र भारतका मात्रै मुस्लिम धर्माम्बली बोलाउने जनाइए पनि विश्वका विभिन्न देशबाट मुस्लिमहरु आएका कारण मन्त्रालयबाट यो कार्यक्रम नगर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले कार्यक्रम स्थगन गर्ने आदेश दिएपछि सम्भावित दुर्घटना हुन नदिन प्रशासनले बोदे बर्साइन नगरपालिकाको जाँजरमा ठूलो संख्यामा प्रहरी खटाएको छ । सप्तरीको बोदे बर्साइन नगरपालिकामा आगामी फागुन ३ गतेदेखि ५ गतेसम्म यो धार्मिक सभाको आयोजना गरिने तयारी थियो ।

तर आयोजकहरुले भने २ करोड बढी खर्च भइसकेको बताएका छन् । कार्यक्रमस्थलमा दुुई हजारको संख्यामा अस्थायी शौचालय निर्माण भएको छ भने पण्डालको चारैतिर सहज आवत जावतका लागि अस्थायी सडकको निर्माण कार्यसमेत पूरा भइसकेको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट