बलात्कारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध आज फैसला

 अनलाइनखबर पाटी     ५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दामा आज फैसला गर्दैछ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलाशमा आईतबार अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली लगायतले बहस गरेका थिए । तर, समय अभावले आईतबार अन्तिम फैसला भने हुन सकेको थिएन ।

आइतबार नै फैसाला सुनाउने तयारी भएपनि समय अभाव कारण सोमबार (आज) लाई सारिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले बताए । सम्भवतः सोमबार (आन) अन्तिम फैसला आउँनेछ ।

महराविरुद्ध करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गर्दै अभियोगपत्र दायर गरिएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट