मन्त्री बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक [सुन्नुहोस् अडियो]

 अनलाइनखबर पाटी     ८ फाल्गुन २०७६, बिहीबार

काठमाडौँ — सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा सेक्यूरिटी प्रेस खरिदका क्रममा प्राप्त हुने कमिसनसम्बन्धी विवादमा मुछिएका छन् । लेखा समितिमा छानबिनका क्रममा रहेको विषयसँग सम्बन्धित अडियो बुधबार सार्वजनिक भएको हो ।

सेक्यूरिटी प्रेससँग सम्बन्धित एक प्रतिनिधि विजयप्रकाश शर्मा मिश्रसँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले आफ्नो कार्यकक्षमै बोलाएर कमिसनको अंकबारे सांकेतिक कुराकानी गरेका हुन्। भ्रष्टाचार निवारण ऐनले कमिसनलाई घुस मानेको छ र सार्वजनिक पदमा बस्नेले कमिसनको लेनदेख गर्नु भ्रष्टाचार मानिने उल्लेख छ।
हाम्रा कुरा डट कम बाट लिईएको
अडियो कुराकानी अनुसार, मन्त्री बाँस्कोटाले ७० करोड रुपैयाँको कमिसनमा डिल गरेका छन्। उनले कमिसन बढी हुने उपायका बारेमा सल्लाह गरेका छन्। ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत रकम मन्त्रीलाई हुने कुराकानीमा स्पष्ट सुनिन्छ। हाम्राकुरा डटकममा राखिएको अडियो अनुसार मन्त्रीको जिज्ञासा मेट्ने क्रममा त्यो अंक करिब ५५ करोड रुपैयाँ हुने बताइएको छ।

कान्तिपुरसँगको कुराकानीका क्रममा ती प्रतिनिधिले, अडियोबारे प्रधानमन्त्रीलाई जानकारी गराएपनि कुनै प्रतिक्रिया नदिएको बताए। ‘मैले सचिवालय मार्फत प्रधानमन्त्रीलाई अडियो नै पठाएको दुई महिना भयो,’ ती प्रतिनिधिले कान्तिपुरसँग भने, ‘उहाँको कुनै प्रतिक्रिया नआउँदा आश्चर्य लागेको छ। लेखा समितिमा समेत उजुरी छ।’

स्रोतका अनुसार पछिल्लो समय मन्त्री बाँस्कोटा पनि आफ्नो अडियो रेकर्ड गरिएकोबारे जानकार थिए। मन्त्रीको कार्यकक्षमै रेकर्ड भएको झण्डै ३ मिनेटको कुराकानी मोबाइलबाट भिडियो मोडमा खिचिएको र पछि अडियो सार्वजनिक भएको हो।

फ्रेन्‍च कम्पनीले मन्त्री बाँस्कोटालाई पठाएको इमेल :

भ्रष्टाचारविरुद्धको आक्रामक भाषण गर्ने प्रधानमन्त्रीले भ्रष्टाचारीको मुखै नहर्ने सार्वजनिक प्रतिवद्धता जनाएका थिए। उनले गतसाता अख्तियारको वार्षिकोत्सवमा समेत भ्रष्टाचारविरुद्ध आफू क्रियाशील रहेको बताएका थिए। सञ्चारमन्त्री बाँस्कोटा प्रधानमन्त्री ओलीका नजिकका मन्त्री मानिन्छन्। ओली बालुवाटार सरेपछि खाली भएको बालकोटस्थित घरमा सञ्चारमन्त्री बाँस्कोटा बस्छन्।

सरकारका एक पछि अर्का निर्णयहरु विवादास्पद  भ्रष्टाचारलाई बढावा दिने खालका तथ्यहरु सार्वजनिक भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र समेत रहेका बाँस्कोटा यति ठूलो कमिसन प्रकरणमा जोडिएको घटनाले सरकारका मन्त्री तथा अधिकारीहरु संस्थागत भ्रष्टाचारमा समेत चुर्लुम्म डुबेको देखाएको छ।

प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचार गर्दिन  गर्न पनि दिन्न भनेर सरकारको नेतृत्व लिएदेखि त्यसलाई गिज्याउने गरीघटनाहरु सार्वजनिक भइरहेका छन्। यो प्रकरणमा प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई अन्य प्रकरणमा आफ्ना प्रियहरुलाई दिए झैंउन्मुक्ति दिन्छन्की कारबाहीको दायरामा ल्याउँछन त्यो हेर्न बाँकी छ।

यिनै एजेन्ट मिश्र सार्वजनिक लेखा समितिले बोलाएको छलफलमा समेत विज्ञको रुपमा छलफलमा सहभागीभएका थिए  उनलाई मन्त्रीले २७ अर्बको लागत लाग्ने देखिए त्यसलाई २८ अर्ब बनाउन सुझाव दिएर थप एक र्ब समेत भ्रष्टाचार गर्न पनि सिकाएको अडियोमा सुनिन्छ।

मन्त्री बास्कोटा  स्वीस कम्पनीकास्थानीय एजेन्ट मिश्र शर्माबीच भएककोसंवाद:

विजय प्रकाश मिश्र शर्मा : यो १२ गते १२ बजेपछि स्वी एम्बेसीआउँछ। स्वीस एम्बेसीले बोलाएर आउँछ तपाईंले बोलाएर आउने हैन

मन्त्री गोकुल बाँस्कोटा : 

विजय
 प्रकाश मिश्र शर्मा : सकेसम्म एमओयू गर्ने किभन्ने हिसाले आउन थालेको छ। तपाईंहरुको –कार्यक्रमको बारेमा एम्बेसडरले छुट्टै कुरा गर्न चाहेको छ।

मन्त्री गोकुल बाँस्कोटा : ठीक छ।

विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि तपाईंले टाइम मिलाइदिनुपर्यो।

मन्त्री गोकुल बाँस्कोटा : मिलाइदिन्छु।

विजय प्रकाश मिश्र शर्मा : त्यसका लागि(कमिसनका लागिहामी आउट अफ ट्रया जाने कि तपाईंले भनेअनुसार नै गर्ने लु भन्नुस।

मन्त्री गोकुल बाँस्कोटा : अब। क्यापासिटीको कुरा।

विजय प्रकाश मिश्र शर्मा : कुराचाहिँमैले राखेको छु उनीहरुलाई।

मन्त्री गोकुल बाँस्कोटा : उनीहरुलाई नर्मलमा ५० भन्ने?

विजय प्रकाश मिश्र शर्मा : त्यसमा नर्मलमा

मन्त्री गोकुल बाँस्कोटा : उनीहरुले कति निकाल्छन्?

विजय प्रकाश मिश्र शर्मा : यस्को टोटलको पर्सेन्ट निकाल्ने हो।

मन्त्री गोकुल बाँस्कोटा : टोटल कति निस्कन्छ त्यो हेरौं।

विजय प्रकाश मिश्र शर्मा : केही  केही  भइराछ त्यहीबेसमा जाने हो। बेसचाहिँतपाईंरुको उसमै जाने हो हामी।

मन्त्री गोकुल बाँस्कोटा : सकेसम्म २५ देखि २७ अर्मा सकाउन पाए हुन्थ्यो। मानौं२५ निस्क्यो भने कति हुन्छ?

विजय प्रकाश मिश्र शर्मा : ७० जति आउला किआउट अफ ट्रयाक नजाँदा ७० जति आउला कि

मन्त्री गोकुल बाँस्कोटा : तपाईंलाई के गर्छन्छुट्टै गर्छन्?

विजय प्रकाश मिश्र शर्मा : टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाईंहरुलाई दिने होहामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सप्यारेन्ट हुन्छ।

मन्त्री गोकुल बाँस्कोटा : त्यो भनेको कति हुन्छ?

विजय प्रकाश मिश्र शर्मा : ५४ देखि ५५ करोड तपाईंहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। –हामीले पनि  अलि अलि राख्नुपर्यो नि आउट अफ ट्रयाक गइयो भने

मन्त्री गोकुल बाँस्कोटा : अनि यो कर्मचारीसँग कस्ले कुरा गर्छ नि?

विजय प्रकाश मिश्र शर्मा : त्यो कुरा तपाई गर्नुस।

मन्त्री गोकुल बाँस्कोटा : एउटा के नगर्नुस्भने यी मुकर्मचारीलाई यस्तो कुरा गर्न लाग्यो भने –यिनले हेप्छन् त्यसकारण यो कुरामा तपाईंआफै लाग्नुस। कुरा बुझ्नुभो..

विजय प्रकाश मिश्र शर्मा : त्यसो भए  आफै लाग्छु। उसले  बनाएर राखिसकेको छ।

मन्त्री गोकुल बाँस्कोटा : त्यो मु..ले बनाएको  ३५ अर्बको छ। अब यता २७ अर्ब निस्क्यो भने २८ अर्को बनाउनुस्

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट