बौद्धमा अन्तरास्ट्रिय स्तरको कर्माज रिसोर्ट सन्चालन हुदै
अनलाइनखबर पाटी १९ फाल्गुन २०७६, सोमबारकाठमाडौं । आउँदो फागुन २३ गने कर्माज लेजर इन रिर्सोटको सञ्चालनमा आउने भएको छ । बौद्धको पिपलबोटबाट तामाङ्ग गुम्बा जाने बाटोमा १५० मिटर भित्र पर्ने ७ रोपनी क्षेत्रफलमा आधुनिक र आकर्षक सुविद्यासहित रिसोर्ट सञ्चालनमा आउने भएको हो ।
उक्त रिर्सोटमा स्विमिङ्गपुल, जिम, जुम्बा, सोना, स्टिमका साथै खुल्ला बगैँचामा साथीहरु वा परिवारको साथमा स्वस्थ खानाको स्वाद लिन सकिने कम्पनीका अध्यक्ष सन्तोष थापाले बताए ।
पाहुनाहरुको सुबिधाको लागि रिसोर्टले १५ वटा अत्याधुनिक सुबिधा सम्पन्न कोठाहरुको व्यवस्थापन गरेको छ । स्वदेशी तथा विदेशी पाहुनालाइ मुख्य रुपमा सुविद्या दिने गरी रिर्सोट सञ्चालनमा आउने भएको कम्पनीका निर्देशक मनिस ढकालले बताए ।
Leave a Reply