दलितसंग नेपाली काँग्रेस अभियानको सुरुवात दोलखाको शहरेबाट – नेता कुन्दन काफ्ले

 अनलाइनखबर पाटी     २१ फाल्गुन २०७६, बुधबार

शोभित उप्रेती

दोलखा २१  फागुन । नेपाली कांगे्रसका युवा नेता कुन्दन राज काफ्लेले दलितको प्रतिनिधित्व बिना कांगे्रस पार्टी नै पूर्णता नहुने हुदा चारतारा मध्ये एक तारा दलित मुक्तीको लागी भएको प्रष्ट पारे । दलितका लागी समानतामा ल्याउन सकिएन भने कांगे्रसको सिद्धान्त पुरा नहुने उनले बताए ।

दलित संग कांगे्रस भन्ने अभियान दोलखाको तामाकोशी गाउँपालिका शहरेबाट सुरु गर्दै नेता काफ्लेले गर्दै सो कुरा बताएका हुन । हजारौ संख्यामा उपस्थित रहेका दलित तथा गैर दलित नागरिकको सभालाई सम्बोधन गर्दै काफ्लेले दोलखाका नौ पालिका मध्ये दतिलका नाममा ठगी खाने भ्रष्ट जनप्रतिनिधि रहेकोले अभियानको सुरुवात यहाँबाट गर्नु परेको बताए ।

दतिलका नाममा ठगी खाने भ्रष्ट जनप्रतिनिधिका बिरुद्ध शसक्तरुपमा प्रतिकार गर्नुस त्यसको जिम्मेवारी नेपाली कांगे्रसले लिने समेत काफ्लेले उद्घोष गरे ।
बलत्कार गर्ने कम्युनिष्ट,बलत्कारीलाई जोगाउने नै कम्युनिष्ट,लुटेर खानेपनि कम्युनिष्ट, भ्रष्टचार गर्ने पनि कम्युनिष्ट, घरमा भ्रष्टलाई संरक्षण गरेर राख्ने पनि कम्युनिष्ट भएकोले यि अधिनायकवादीलाई कालोमोसो लगाएर खेद्न तपाईहरु तयार हुन जरुरी भएको काफ्लेले बताए । चरिकोटमा रक्सी आएको बिल गाउँपालिकामा जोडेर भ्रष्टचार गरेकोले जिल्लामा सबै भन्दा भ्रष्ट्चार गर्ने गाउँपालिका तामाकोशी भएको उनले ठोकुवा गरे ।
गाउँपालिकामा बहुमत भए पनि भ्रष्ट जनप्रतिनिधिका कारण अहिले सम्म गाउँपालिकाको सेन्टर तोक्न नहुने कम्युनिष्ट अधिनायकवादीको जनतालाई दुख दिने नियत हो उनले भने । यो देशमा बिसंगती र बिकृती भित्र्याउने कम्युनिष्टहरुको अन्त्य गरि मुलुकमा लोकतान्त्रिक गणतन्त्रको संस्थागत बिकास गर्दै अगाडि बढ्न युवा शक्तिको नेतृत्व गर्दै अहोरात्र लागी रहने उनले प्रण गरे ।

यता नेपाली कांगे्रसकी नेतृ बिनतिा अधिकारीले २००४ साल देखी जातिय मुक्तीको आन्दोलन नेपाली कांगे्रस लागेको बताइन । नेपाली कांगे्रसलाई दलितहरु महत्वपूर्ण हुन्छन ,महिला महत्वपूर्ण हुन्छन ,जनजाति महत्वपूर्ण हुन्छन यो इतिहासले प्रमाणित गरेको उनले दाबि गरिन । आजका दिन देखी संगै बसेर खाने मात्र नभएर सबै एक एकको संकल्प गर्न दलित र कांगे्रस भन्ने अभियान सूरुवात गरेको अधिकारीले बताइन । उनले भनिन यो अभियान दोलखाका ७४ रै वडामा संचालन गर्ने छौं ,तपाईको साथ कांगे्रसलाई अपरिहार्य छ ।

दलित र कांगे्रस भन्ने अभियान नेपाली कांगे्रसको सांगाठानिक बिस्तारमा कोशेढुङा सावित हुने हुदा सबै पक्षले आत्मसाथ गर्दै टोल, बस्ती ,बस्तीमा पुराउनु पर्ने धाराण नेपाली कांगे्रस दोलखाका संगठन बिभाग प्रमुख भविन्द्र कार्कीले राखे । विकासका नाममा सबै भन्दा आलोचित गाउँपालिका मध्ये तामाकोशी भएको सर्वत्र गुनासोका आधारमा यसै पालिका बाट दलित र कांगे्रस भन्ने अभियानको प्रारम्भ गरेको कार्कीेले दाबि गरे । दोलखा नेपाली कांगे्रसको प्रष्ट बक्ताको रुपमा परिचित कार्कीले जस्तो सुकै मुल्य चुकाएर भएपनि तामाकोशी गाउँपालिका का भ्रष्टहरुलाई जनताका माझ उभ्याएर कार्वाहीको दायरामा ल्याउने जनतामाझ प्रतिबद्धता जाहेर गरे ।

नेपाली कांगे्रस शहरेका पार्टी सभापति सुर्य न्यौपानेको सभापतित्वमा भएको सभालाई नेपाली कांगे्रसका जिल्ला कार्यसमितीका सदस्य कुमार भुजेल, जिल्ला कार्यसमितीका सदस्य एवम निर्वाचित वडा अध्यक्ष महेश्वर काप्mले, जिल्ला कार्यसमितीका सदस्य रुपलाल तमाङ, नेपाली कांग्रेसका नेता नरहरी सुवेदी, नेपाली कांगे्रस प्रदेश नं क दोलखाका सचिव भुवन केसी, नेपाली कांगे्रस प्रदेश नं ख का सचिव राजन बस्नेत, नेपाली कांगे्रस तामाकोशी गाउँपालिका अध्यक्ष ङरहरी फुयाँल, नेपाली कांगे्रसका नेता गोपाल तिमल्सिना, नेपाल बिद्यार्थी संघ दोलखाका अध्यक्ष भिम खड्का, नेपाली कांगे्रसका उदयमान युवा नेता शंकर न्यौपाने, प्रेस युनयिन दोलखाका अध्यक्ष दीपशंकर चौलागाई, पत्रकार सिर्जन घिमिरे,दलित पत्रकारका जिल्ला सहसचिव ईश्वर बिक लगायतले सम्बोधन गरेका थिए ।

सो कार्यक्रममा दलित र गैरदलित बिच सहभोज समेत आयोजना गरेको थियो । नेपाल कम्युनिष्ट पार्टीको बलत्कारी र भ्रष्ट्र निती मन नपरेको भन्दै स्वाभिमानी पार्टी नेपाली कांगे्रसमा स्वस्पूmर्त सयौं को संख्यामा शहरेवासी प्रवेश गरेका छन । उनीहरुलाई नेता काप्mले र अधिकारीले सदस्यता दिएका थिए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट