जागृति एकेडेमीमा ३४ बिद्यार्थीको ब्लेडले हात चिर्ने शिक्षक प्रहरी नियन्त्रणमा
अनलाइनखबर पाटी २४ फाल्गुन २०७६, शनिबारकाठमाडौं । बिद्यार्थीको हात ब्लेडले चिर्ने शिक्षिकालाई प्रहरीले नियन्त्रणमा लिएको छ । परीक्षामा कम नम्बर ल्याएका भन्दै विद्यार्थीलाई हात चिर्न जागृति एकेडेमीकि शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई प्रहरी नियन्त्रणमा परेकी छिन् ।
वानेश्वरस्थित प्रहरी वृत्तको टोलीले शनिबार दिउँसो कर्माचार्यलाई पक्राउ गरेको छ । ‘शिक्षिका कर्माचार्यलाई हामीले नियन्त्रणमा लिएका छौं। उनीमाथि अभद्र वा अमानविय यातना के विषयमा मुद्दा चलाउने अनुसन्धानपछि टुंगो लाग्छ,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताए । शिक्षिकाले ३४ बिद्यार्थीको हात ब्लेडले चिरेको आरोप लागेको छ । बिहीबार कक्षाकोठामै ६ र ७ कक्षका ३४ जना विद्यार्थीको ब्लेडले हात चिरेकी थिइन । कर्माचार्य सामाजिक शिक्षा विषय पढाउने शिक्षिका हुन्।
शिक्षिका कर्माचार्यले कम नम्बर ल्याउने विद्यार्थीलाई ब्लेडले हात चिर्न दवाव दिएकी थिइन् । १५ नम्बरभन्दा कम नम्बर आएका विद्यार्थीको हात चिर्न लगाएको छ । घटना बाहिर आएपछि शिक्षिकाको तिव्र विरोध भएको थियो । विरोधपछि उनी पक्राउ परेकी छिन् ।
उता शिक्षिका कर्माचार्य बिद्यालयले हटाउने निर्णय गरेको छ। एकेडेमीका प्रिन्सिपल राजनकुमार श्रेष्ठले कर्माचार्यलाई शुक्रबारदेखि लागू हुने गरी अवकाश दिइएको बताए ।
Leave a Reply