नेपालकै दोस्रो जिल्ला बन्याे नमुना स्वस्थ समुदाय घोषणामा दाेलखा
अनलाइनखबर पाटी २५ फाल्गुन २०७६, आईतवार
भिमेश्वर नगरपालिका वडा नम्बर ८ वोचका पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा भएको छ ।
दोलखा २५ फागुन । स्वस्थ समुदाय घोषणाको लागि तयार पारिएको १५ वटा सुचक स्थानीयले पुरा गरेकाले पाँच बस्ती नमुना स्वस्थ समुदाय घोषणा गरेको हो ।भिमेश्वर नगरपालिकाको सहयोग तथा इन्फो नेपाल तथा सिडिएफको साझेदारीमा २ सय २ घर नमुना स्वस्थ समुदाय घोषणा प्रमाण हस्तान्तरण भिमेश्वर नगरपालिका प्रमुख भरत के.सीले प्रदान गरेकाछन ।
९ महिनामा नगरपालिकाको सहयोगमा ४ संस्थाको साझेदारीमा तयार पारिएको १५ सुचक समुदायले पुरा गरेकोले नमुना घोषणा भएका नगर प्रमुख भरत के.सीले प्रमाण हस्तान्तरण गरेका बताए । खानेपानी सरसफाई र स्वच्छताको नमुना समुदाय स्थापना गर्ने उदेश्यका यो परियोजना तयार पारिएको यो कार्यक्रम सफल भएको बताउदै इन्फो रोहीत ढकालले भने नेपालको दोस्रो जिल्ला भएको जानकारी गराए ।
कार्यक्रममा रेडक्रसका उपमन्त्री होम पाठक , सुआराका नारायण सत्याल , सिडिएफका शरद सापकोटा लगायत को सहयोगले कार्यक्रम सफल भएको वडाका अध्यक्ष नकुल के.सीले बताए । सिडिएफका कोषाध्यक्ष राजन श्रेष्ठले बताए ।
Leave a Reply