अष्ट्रेलिया ५ पटक टि–२० विश्व विजेता बन्न सफल, भारत ९९ रनमै अलआउट

 अनलाइनखबर पाटी     २५ फाल्गुन २०७६, आईतवार

फागुन-२५ , काठमाडौंँ । आईसीसी महिला टि–२० विश्व कप २०२० को उपाधि अष्ट्रेलियाले जित्न सफल भएको छन । अष्ट्रेलिया र भारत बिच भएको फाइनल खेलमा भारत ८५ रनले पराजित भएको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनाएको थियो । अष्ट्रेलियाका दुवै ओपनरले विस्फोटक ब्याटिङ्ग गरेका थिए । अष्ट्रेलियाका लागि बेथ मोनीले ७८ र एलिस हेलीले ७७ रनको पारी खेलेका थिए ।

भारतका लागि बलिङ्ग तर्फ दिप्ती शर्माले सर्वाधिक २ विकेट लिन सफल भएकी थिन ।

अष्ट्रेलियाले दिएको १८५ रनको लक्ष्य भारतले पुरा गर्न २० ओभरमा पुरा गर्न सकेन । भारतले १९.१ ओभरमा १० विकेट गुमाएर ९९ रन मात्र बनाए पछि अष्ट्रेलिया ८५ रनले विजयी भएको छ ।

भारतका लागि ब्याटिङ्ग तर्फ दिप्ती शर्माले सर्वाधिक ३३ रन बनाएकी थिईन । अष्ट्रेलियाका लागि बलिङ्ग तर्फ मेगन शटले सर्वाधिक ४ विकेट लिन सफल भईन ।

जितसँगै अष्ट्रेलियाले महिला टि–२० विश्व कप ५ पटक जित्न सफल भएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट