दोलखामा पहिलो ‘सुपरमार्ट’ सञ्चालनमा
अनलाइनखबर पाटी २९ फाल्गुन २०७६, बिहीबारदोलखामा पहिलो पटक ‘सुपरमार्ट’ सुपरनाइन मार्ट सञ्चालनमा आएको छ । सदरमुकाम चरिकोटमा सञ्चालनमा आएको मार्टको लागत २ करोड रुपैयाँ रहेको सञ्चालक एवंम उद्योग वाणिज्य सघंका निर्वतमान अध्यक्ष सुन्दर कार्कीले जानकारी दिए ।
मार्टको सञ्चालकहरुमा कार्की सहित दिनेश बस्नेत, बलराम थापा, दिनेश पाठक, सुरेश उप्रेती, श्यामकृष्ण कायस्थ, शंकर अधिकारी, हिमाल न्यौपाने र राजन थापा रहेका छन् ।
बढ्दो सहरीकरणलाई ध्यानमा राखेर सबै सामाग्रीहरु एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यका साथ मार्ट सञ्चालनमा ल्याइएको जनाएको छ ।
मार्टलाई दोलखाका नौ ओटै स्थानीय तहमा शाखा विस्तार गर्ने उद्धेश्य रहेको बताए । त्यति मात्र हैन, मार्ट मार्फत दोलखामा उत्पादन भएका घरेलु सामाग्रीहरुलाई समेत प्रवद्र्धन गर्ने उद्धेश्यले कोशेली घर समेत राखिएको छ ।
दोलखा घुम्न आउने पर्यटकहरुले दोलखाको कोशेली स्वरुप त्यहाँ उत्पादन भएका घरेलु सामाग्रीहरु सुपथमुल्यमा लिन पाउने छन् ।
Leave a Reply