डिभिजन वन कार्यालय दोलखाको प्रमुख सन्तमाया श्रेष्ठ घुस सहित अख्तियारको नियन्त्रणमा
अनलाइनखबर पाटी २९ फाल्गुन २०७६, बिहीबारफागुन २९, चरिकोट । डिभिजन वन कार्यालय दोलखाको प्रमुख (उपसचिव) सन्तमाया श्रेष्ठ घुस रकम २ लाखसहित भक्तपुर गठ्ठाघरबाट पक्राउ परेकी छन् ।
दोलखाबाट काठमाडौं जाँदै गरेको बा १ झ ७६८५ नम्बरको सरकारी गाडीबाट अख्तियारको टोलीले डिभिजन वन कार्यालय दोलखाको प्रमुख सन्तमाया श्रेष्ठलाई घुस रकम २ लाखस ३ हजार सहित बिहिबार साँझ ३ जनालाई नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।
टोलीले २ लाख ३ हजार नगदसहित श्रेष्ठ सहित ३ जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कार्यालय सहयोगी र चालक रहेको अख्तियार स्रोतले बताएको छ । श्रोतका अनुसार अहिले घटना स्थलमा अख्तियारको टोलि मुचुल्का तयार गर्दै गरेको छ र थप विवरण आउन बाकी छ | यो सहित ७ महिनामा दोलखाबाट सिडियो सहित ४ जना पक्राउ परिसकेका छन् ।
Leave a Reply