दोलखामा सरकारी जग्गा कब्जा गर्दा किन मुखदर्सक बन्दै छन स्थानीय सरकारहरु ?

 अनलाइनखबर पाटी     १ चैत्र २०७६, शनिबार

शोभित उप्रेती – चरीकोट – १, चैत्र । सरकारी जग्गा कब्जा गरि अनियन्त्रित रुपमा घर टकरा बनाउने लाई कारर्वाही गर्ने निकाय नहुदा धार्मिक एवं पर्यटकीय महत्वको प्रसिद्ध कालिञ्चोक मन्दिर क्षेत्र, जिरी नगरपालिकाको पर्यटकीय नगरी जिरी क्षेत्र, भिमेश्वर नगरपालिकाको देउराली  र तामाकोशी बजार क्षेत्र, बिगु गौपालिकाको सोरुङ खोला  क्षेत्र,  कालिन्चोक गाउपलिकाको सोती बजार र स्याउली बजार  क्षेत्र, गौरीशंकर गौपलिकाको गुरुम्फी क्षेत्र, शैलुंग गाउपालिकाको भैसे बजार क्षेत्र , मेलुङ गाउपालिकाको रमाइलो चोक (सत्यश्वर माबि) बजार क्षेत्र आदी लगायतका दोलखाका धेरैजसो सार्वजानिक सम्पतिको स्थानीय तह लगायतका सरोकारवाला निकायले ध्यान नदिदा  कुरुप र अव्यवस्थित हुँदै गएको  छ ।

नेपाल सरकारको भुमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रि पद्मा कुमारी अर्यालको ध्यान देशका बिभिन्न स्थान पुग्दा दोलखाका प्रसिद्ध स्थानमा समेत  नजर नपुग्दा बिभिन्न सर्वाजनिक क्षेत्रहरु  अतिक्रमित हुँदै गएको हो ।

तत्कालिन जिल्ला प्रशासन कार्यालय दोलखाका प्रमुख खगेन्द्र प्रसाद रिजालको उपस्थितिमा २०७६ साल कार्तिक २८ गते बसेको बैठकले सार्वजनिक रुपमा बनेका घर टहरा नियन्त्रण तथा ब्यबस्थापन गर्ने  भनि निर्णय गरेता पनि कार्यन्वयनमा ल्याउन नसक्दा निर्णयको उपहास भएको छ |

दोलखाको स्थानिय प्रशासनले नयाँ संरचना निर्माण गर्न रोक लगाए पनि सार्वजानिक क्षेत्रमा अनियन्त्रित रुपमा होटल, पसल लगायतका संरचना दिन प्रतिदिन बन्दै गएको स्थानियहरुको  गुनासो छ ।कतिपय स्थानीय तहमा सार्वजनिक जग्गा अतिक्रमण गरि पक्कि घर निर्माण पश्चात ब्यबसायिक रुपमा घर सरकारी तथा गैरसरकारी सस्थाहरुलाई भाडामा लगाई रहदा समेत स्थानीय तहले कुनै किसिमको कारवाहीको प्रक्रिया अगाडी नबढाउदा स्थानीयवासीले आक्रोशब्यक्त गरेका छन |‘ सरकारी जग्गा कब्जा गर्नेलाई कार्वाही गर्न नसक्दा जनताले स्थानीय सरकार भएको महसुश गर्न नपाएको गुनासो छ |’

हेर्नुहोस् जिल्ला  प्रशासन कार्यालयको निर्णय 


तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *