दोलखाको अँधेरी खोला सिंचाई निर्माणमा चरम अनियमितता

 अनलाइनखबर पाटी     ४ चैत्र २०७६, मंगलवार

शोभित उप्रेती, चैत्र -४ दोलखा | दोलखाको मेलुङ गाउपालिका मेलुङ -१, पवटी र शैलुङ गाउपलिकाको वडा न. ८ का केहि तल्लो भेगलाई समेट्ने अँधेरी खोला सिंचाई आयोजनामा उपभोक्ता समितिले उपभोक्ताहरुको आवजलाई समेट्न नसक्दा र अनुगमन समितिले कुनै पनि किसिमले आफ्नो कर्तब्यमा अग्रसरता नदेखाउदा सम्पूर्ण उपभोक्ताहरु चिन्तित देखिन्छन |

लगभग ४ करोड ७० लाख बराबरको लागतमा निर्माणाधीन  गौरवको आयोजना तथा अँधेरी खोला सिंचाई आयोजनामा डिभिजन सिंचाई कार्यालय दोलखाबाट हालसम्म कुनै पनि प्राबिधिक सहयोग नभएका कारण सकेको र जानेजति आफ्नै बलबुताले लगभग ७०० मिटर जति पिसिसी ढलान भैसकेको र ३५० मिटर पाइप लाइनको काम गर्नु पर्नेमा अधिकांस पाइपको काम भैसक्दा यता अनुगमन समिति र उपभोक्ता समिति बाट जति गर्नु  पर्ने काममा सहजीकरण नगरेको मृत संजीवनी प्राइभेट लिमिटेडका तर्फबाट काम गरिरहेका ठेकेदार अर्जुन बुढाथोकीले बताए |

 

यता उपभोक्ता समितिले गर्ने भनिएको ७७ लाख रुपैया बराबरको काममा पहिलो चरणमा रु ४६ लाखको काम केहि समय अघि नै समापन भैसकेको हुँदा दोस्रो चरणको कार्य थालनी गर्नु पर्नेमा कोषाध्यक्षले  केहि रकम हिनामिना गरेका कारण उपभोक्ता समितिमा विवाद चुलिदै गएको र आउने दिनमा अरु बाकी काम र सहजीकरणको कार्य नहुनसक्ने उपभोक्ता समितिका एक सदस्यले जानकारी दिए  |

कार्य क्षेत्रमा स्थानीयवासीले कुलो निर्माण भैरहेको र निर्माण हुने स्थानहरुमा भएका निर्माण कार्य गर्न असहज पर्ने रुख वृक्ष  काट्दा कामदारहरुलाई कुट्छु पिट्छु भन्ने गरेको र आफुहरुलाइ कार्य गर्न धेरै सहज नभएको कामदारहरुको गुनासो छ | यता अँधेरी खोलाको मुहानमा लगभग काम सम्पन्न भैसक्दा मुहान क्षेत्रमा रहेको एक स्थानमा काम नगरे बर्खाको  भेलमा कुलो नै भत्किन सक्ने र त्याँहाको भत्किन सक्ने स्थानको स्टेमेटमा नसमेटीएको र अन्य स्थानमा पनि कुलो निर्माण भएको र हुने क्षेत्र भिरालो भएको हुँदा कुलोको तल्लो पट्टि भागको केहि स्थानमा पहिरो गएको र अन्य स्थानमा जानसक्ने सम्भाबना रहेको हुनाले उपभोक्ताहरुले चासो नगर्ने हो भने  काम सम्पन्न गरि पानी सम्बन्धित क्षेत्रमा पुगे पनि दीर्घकालीन रुपमा संचालन हुन नसक्ने कामदारहरुको अगुवा कामदार ठालु तामाङ बताए |

आम उपभोक्ताहरुको माझबाट तछाड मछाड गरेर उपभोक्ता समितिको पद धारण गर्ने र बिबिध आन्तरिक समस्या ल्याई बिबादमा अल्झीएर बस्ने, अनुगमन समितिले तदारुकताका साथ् काम नगर्ने हो भने आम उपभोक्ताहरुले तत्काल स्थानीय सरकारको सहयोगमा ठेकेदार कम्पनि, डिभिजन सिंचाई कार्यालय र उपभोक्ता समितिलाइ काम रोक्नका लागि अग्रसरता देखाउनु पर्ने मेलुङ-१, पवटीका उपभोक्ता कुल बहादुर खड्का (बलराम) ले बताए |

योजना सुरु हुँदा प्राबिधिक आय पनि अन्य समयमा डिभिजन सिंचाई कार्यालय दोलखा प्राबिधिकले सहयोग नगरेको र प्राबिधिक संग सम्पर्क गर्दा जिल्लामा धेरै योजना भयकाले खासै समय दिन नसक्ने बताएको उपभोक्ता समितिका अध्याक्ष कृष्ण बहादुर बुढाथोकीले जानकारी दिए |

यता डिभिजन सिंचाई कार्यालय दोलखाका प्रमुख मनिष महर्जनसंग सम्पर्क गर्दा प्राबिधिक समय समयमा जाने गरेको हाल होलीमा घर गएका कारण आउन कहीं समय लाग्ने र आय पश्चात तुरुन्तै प्राबिधिकसंग सहकार्य गर्ने अनलाइनखबर पाटीलाई जानकारी दिए |

स्थानीय सरकारले सरोकारवाला पक्षहरुसंग यथाशिघ्र पहल गरि नियमित रुपमा दक्ष प्राविधिकको व्यवस्था गरेर काम नगर्ने हो भने सम्पूर्ण उपभोक्ताले काम ठप्प पार्ने चेतावानी समेत दिएका छन |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट