दोलखामा परदेशबाट आउनेहरु निर्धक्क गाउँ डुल्दै – कोरोना (कोभिड–१९) को खतरा बढ्दै
अनलाइनखबर पाटी १५ चैत्र २०७६, शनिबार
शोभित उप्रेती – चैत्र -१५ , दोलखा | दोलखा जिल्लाको मेलुङ गाउपालिका वाड न. १ पवटीमा जापान र UAE बाट हवाइ यात्रा गरेर आएका २ जनालाई अहिलेसम्म क्वारेन्टाइनमा राखिएको छैन। कोरोना भाईरस (कोभिड–१९) को सर्ने दर घटाउन देशभर लकडाउन गरिएको छ। लकडाउनको प्रभावकारिता सहर भन्दा गाउघरमा बढ्ता देखिएको छ। एक गाउँका मानिसलाई अर्को गाउँमा प्रवेश रोकिएको छ। भारत वा खाडी मुलुकबाट रोजगार गरी फर्केकाहरुसँग छिमेकी समेत छेउ पर्दैनन्। बरु गाउँले विदेशबाट फर्केका पाहुनालाई क्वारेन्टाइनमा राख्ने ब्यबस्थापन गर्न जनप्रतिनिधि, प्रहरी र प्रशासनलाई दबाव दिने गरेका छन्।
दोलखा जिल्लाको मेलुङ गाउपालिका वाड न. १ पवटीमा जापान र UAE बाट हवाइ यात्रा गरेर आएका २ जनालाई अहिलेसम्म क्वारेन्टाइनमा राखिएको छैन। कोरोना संक्रमणको सम्भाबित जोखीमबाट बच्न स्थानीयहरुले उनीहरु संक्रमण भएको देशबाट आयका हुदा क्वारेन्टाइनमा राख्न जिल्ला प्रशासन दोलखा र गाउपालिकालाइ गुहार गरे पनि सुनुवाई हुन् सकेन |
जिल्ला प्रशासन र गाउपालिकामा स्थानीयले गुनासो गरेपछि मेलुङ गाउपालिकाको स्वास्थ्य प्रमुख हरेराम चापागाईको नेतृत्वमा आयको स्वास्थ्य समुह र स्वास्थ चौकी मेलुङ -१, पवटीका स्वास्थ्य प्रमुख कपिलमणि न्यौपानेले दुइ जना मध्ये १ जनालाई मात्र उपकरण बिनानै टाढैबाट सोधपुछ गरेको र सोधपुछ पछी निजलाई कोरोना भाइरसका कुनै पनि लक्षणहरु नदेखिय भन्दै सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरेको प्रमुख चापागाईले अनलाइनखबर पाटिलाइ जानकारी दिए |
दुइ जना र उनीहरुका परिवारहरु आफ्नो गाँउ घरमा निस्फिक्री घुमफिर र भेटघाटमा रमाएको तीनका छिमेकीहरुले बताएका छन्। ती व्यक्ति नाता कुटुम्बको घर पुग्ने, गाउँ घुम्ने गर्न थालेपछि छरछिमेक त्रासित बनेका छन्। कोरोना प्रभावित देश घुमेर घर फर्केका उनीहरु क्वारेन्टाइनमा बस्नुको साटो घुमफिर, भेटघाटमा रमाउनाले संक्रमणको सम्भावित जोखिम बढाएको छ। ती व्यक्तिका छिमेकी अशेष उप्रेतीका अनुसार उनीहरुलाई कोरोना भाईरस (कोभिड–१९) को परीक्षणका लागि नलगिदिनाले सम्बन्धित निकाय नै लक डाउनमा परेको होकी भन्ने भान भएको छ | उप्रेतीले भने, ‘हामी गाउँले निकै डराएका छौं।’
गाउँपालिका अध्यक्ष नर बहादुर श्रेष्ठका अनुसार स्थानीयको गुनासो पश्चात ती व्यक्तिलाई पालिकाको स्वास्थ्यकर्मीले भेटेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको बताए। ‘अहिलेसम्म उनीहरु स्वस्थ छन् अध्यक्षले भने |
मेलुङ गाउपालिका लगायत दोलखाका अन्य स्थानीय तहहरुमा पनि भारतलगायत अन्य मुलुकबाट भित्रिएका मानिस क्वारेन्टाइनमा नबसेर सिधैं गाउँ छिर्न थालेपछि कोरोना भाइरस(कोभिड–१९)को दोलखामा सम्भावित खतरा बढेको छ। पछिल्लो समयमा दोलखामा भारत र खाडी मुलुकबाट धेरै मानिस भित्रिएको अनुमान छ। उनीहरु सीधै गाउँ प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्य नजर गरी स्थानीयले टोल–टोलबाट कोको आयका हुन् पत्ता लगाउन थालिएको छ। कतिपय ठाउँमा भर्खरै छिरेका मानिस पहिल्याउने र भेटघाट बन्द गर्न स्थानीयले अभियान थालेको छ।
अहिले दोलखाका स्थानीय तहमा क्वारेन्टाइन बनाउने होडबाजी चलेको छ। हालसम्म मेलुङ गाउपालिकाले कोरोना भाइरस नियन्त्रणका लागि बिशेस पहल गरेको भन्ने सुन्नमा आयको छैन यदपि विज्ञको सल्लाह र निर्देशन विनाको क्वारेन्टाइनले थप जटिलता ल्याउन सक्ने एक नागरिक अगुवाले अनलाइनखबर पाटीलाइ भने |
‘लकडाउन’ मा स्वास्थ्य जोखिमबाट कसरी बच्ने ?
सकारात्मक सोच्ने, हँसाउने चलचित्र हेर्ने, आफन्तसँग टेलिफोनमा कुराकानी गर्ने, स्वस्थकर खाना खाने, धेरै नखाने, चिल्लो बढी नखाने, घरभित्र व्यायाम, योग, भ-याङमा हिँडडुल गरेर सम्भावित स्वास्थ्य जोखिमबाट बच्न चिकित्सहरुले सुझाएका छन्।
Leave a Reply