दोलखामा ७ सय मजदुर कामबिहिन, घर पठाउने तयारी

 अनलाइनखबर पाटी     १७ चैत्र २०७६, सोमबार

चरिकोट – दोलखाका विभिन्न विकासे आयोजनाहरुमा काम गर्न आएका झण्डै ७ सय मजदुर कामबिहिन बनेका छन् । कोरोना भाईरस (कोभिड १९) का कारण सरकारले लकडाउन घोषणा गरेपछि विकासे आयोजनाको काम ठप्प छ । आयोजनाहरुको काम रोकिएसँगै त्यहाँ कार्यरत झण्डै ७ सय जति कामदारले रोजगारी गुमाएका हुन् ।

विकासे आयोजनाहरुको काम तत्काल सुचारु हुने सम्भावना नभएपछि उनीहरुले घर फर्किने मनस्थिति बनाएका छन् । उनीहरुलाई घर फर्काउन आयोजना निर्माणको जिम्मा लिएका ठेकदारहरुले स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माका अनुसार बाहिरी जिल्लाबाट आई दोलखाका बिभिन्न आयोजनामा कार्यरत झण्डै ७ सय कामदारहरुलाई घर फर्काउन निवेदन आएको छ ।

उनीहरु कञ्चनपुर, धनगढी, ईलाम लगाएत जिल्लादेखि काम गर्न आएका मजदुरहरु हुन् । सडक, सिंचाई, खानेपानी लगाएतका आयोजनाहरुमा उनीहरुले काम गर्दै आएका थिए । प्रजिअ शर्माले ती मजदुरहरुलाई उच्च सतकर्ता अपनाएर सम्बन्धित आयोजनाको सिफारिसमा घर फर्काउको तयारी भैरहको जानकारी दिए ।

उनीहरुलाई २५ जनाको संख्या भन्दा नबढ्नेगरी फरक फरक सवारी साधनमा यात्रा गराईनेछ । यात्राका क्रममा सेनीटाईजर, मास्क लगाएत सुरक्षा सामग्रीहरुको प्रयोग गरिनेछ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट