माथिल्लो तामाकोसी जलबिद्दुत, मेलम्चीलगायतका ठुला आयोजनामा काम सुरु गरिने

 अनलाइनखबर पाटी     २० चैत्र २०७६, बिहीबार

सरकारले माथिल्लो तामाकोसी जलबिद्दुत, मेलम्ची लगायतका ठुला आयोजनामा पनि काम सुरु गर्ने निर्णय भएको छ । त्यहाँ अहिले नै ठूलो संख्यामा कामदार रहेको भन्दै मन्त्री खतिवडाले भने, ‘बाहिरका कामदारहरु आउन नदिने र भित्रका कामदारलाई पनि सुरक्षाका सबै उपाय अपनाएर कामलाई निरन्तरता दिने निर्णय भएको छ ।’

उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर चलाउने दिने निर्णय भएको छ,’ सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने ।

अरु उद्योगहरुले आवासीय मजदुरहरु राखेर चलाउन चाहे स्थानीय प्रशासनले अनुमति दिने उनले बताए ।

अरु आयोजनाहरुले आफ्नै क्षेत्रका कामदारहरुमार्फत् काम गराउन सक्छन् भने स्थानीय प्रशासनले त्यसमा सहजीकरण गर्ने निर्णय भएको छ ।

त्यस्तै सरकारले उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने भएको छ । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बिहीबार बसेको बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट