दोलखामा बोलेर दुर्घटनाका गम्भीर घाइतेलाई हेलिकप्टरद्वारा उद्दार

 अनलाइनखबर पाटी     २१ चैत्र २०७६, शुक्रबार

शोभित उप्रेती – चैत्र २१, दोलखा | दोलखाको गौरीशंकर गाउँपालिका ५ को घामतारामा बोलेरो दुर्घटना हुँदा ५ जना घाइते भएका छन ।
पाँच जना मध्ये चार जना  सक्त घाइते  भएकोले हेलिकोप्टर मार्फत उद्धार गरि काठमाडौंको ट्रमा सेन्टरमा लगिएका लगिएको छ ।उनीरुलाई अल्टिच्युड एयरको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाउको छ ।

दुर्घटनामा परी सक्त घाईते भएकामध्ये स्थानीय ५५ वर्षिय रमेश गुरुङ, ४० वर्षिय गोविन्द गुरुङ, २५ वर्षिय पवन गुरुङ र ३५ वर्षिय प्रेम गुरुङलाई हेलिकोप्टर प्रहरी निरिक्षक रेशम बोहराले जानकारी दिए । दुर्घटनामा परी सामान्य घाईते ४० वर्षिया दाङिमा शेर्पाको सिंगटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ५ स्थित मस्तिनाबाट विरामी लिएर प्राथमिक स्वास्थ्य केन्द्रमा आउँदै गरेको बा १८ च ५१४८ नम्बरको बोलेरो आज दिउँसो वडा नम्बर ५ कै घामतारा भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएकोछ । रमेश गुरुङ र गोविन्द गुरुङ विरामी परेपछि उनीहरुलाई सो बोलेरोमा राखेर अस्पताल ल्याईएको स्थानियले बताएकाछन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट