समाजसेवी बस्नेतको २ महिनाको भत्ता स्थानीय जनतालाई – सेनिटाइजर ,मास्क , पन्जा र साबुन(जनताको घर दैलोमा)

 अनलाइनखबर पाटी     २४ चैत्र २०७६, सोमबार

दोलखा | समाजसेवी तथा  पत्रकार राजन बस्नेतले आफ्नो २ महिना को जीवन निर्बाह मुखी भत्ता भीनपा ७ मकैबारी का स्थानीय जनता मा लगानी गरेका छन् ।

पत्रकार बस्नेतले टोल ,बस्ती र घर घरमा पुगी मास्क, पन्जा, साबुन वितरण तथा कोरोना बाट बच्न जनचेतना मुलुक अभियान सचालन गरिरहेका छ्न । बस्नेत ले यस पटक लगभग रु ४० हजार बराबर को सहयोग गरेको र आफू निरन्तर खटिरहेका बताएकाछन ।
भिमेश्वर नगरपालिका वडा नं ७ मकैबारी साखिने ,नेवार गाउँ ,भुजेल टोल लगायतका टोलहरूमा मास्क,सेनिटाइजर ,पन्जा ,साबुन लगायत का स्वास्थ सामाग्री वितरण तथा कोरोना बाट बच्ने जनचेतना अभियान संचालन सगै बालबालिका र जेष्ठनागरिक लाई समेत हात धुने तरिकाको बारेमा समेत चेतना दिदै हिडेका छन ।
कोरोना भाइरस बाट बच्न अपनाउनुपर्ने साबधानीका बारेमा पोस्टर ,पम्पप्लेट, पर्चा मार्फत भी न पा ७ मकैबारीका स्थानीय बासिन्दाहरुलाइ जनचेतनामूलक जानकारी गराउदै हिडेको र यो अभियान मकैबारीका सम्पुर्ण क्षेत्रमा पुर्याउने लक्ष्य लिएर अधि बढेको बस्नेतले रातो गुराँस अनलाइनलाई बताए ।
बस्नेतले आफ्नो घर ,गाउँ , टोल का स्थानीय आमा बुबा दाजुभाइ तथा दिदिबहिनी को सेवा गर्न पाँउदा आफू मा आत्मा सन्तुष्टि मिलेको बस्नेतले बताए । मानिस भएर जन्म लिइसके पछि मानवतावादमा बाच्नु पर्छ उनले भने “आफुले आफ्नो वडामा क्रियाशील भएर लागिरहेको र लागिरहने छु ।”
बस्नेतले यस अघि पनि महिला ,बालबालिका ,युवा र जेष्ठ नागरिकहरुलाइ समेत विभिन्न कार्यक्रम गर्दै राहत सामाग्रीहरु समेत बितरण गर्दै आइरहेको छ्न ।
कोरोना भाइरसले बिश्व भरी नै आतंक मच्चाइ रहेको बेला बस्नेतले जनचेतनामूलक कार्य गरि जनतालाइ सुसुचित गराइ सेनिटाइजर ,मास्क ,पन्जा लगायत को स्वास्थ सामाग्री बितरण गरी महत्त्वपूर्ण भुमिका निर्वाह गरेको वडा अध्यक्ष कैलाश कुमार श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले भने वडाको गरिमा र जनताको मनोभावनाको समेत कदर गर्दै पत्रकार बस्नेतको सहयोग अमुल्य रहेको छ ।
बस्नेत बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय अन्तर्गत जिल्ला समन्वय समिती दोलखामा कार्यरत स्वयंसेवक सहजकर्ता समेत हुन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट