अनाथ बालबालिकाको खाध्यान संकट टार्दै – जिपि फाउण्डेसन दोलखा

 अनलाइनखबर पाटी     २४ चैत्र २०७६, सोमबार

शोभित उप्रेती – चैत्र २४, दोलखा | जिपि फाउण्डेसन नेपाल जिल्ला कार्यसमिती दोलखाले खाध्यान संकट परेपछि गौरिशंकर बालगृहका अनाथ बालबालिकालाई खाध्यान सयोग गरेको छ ।
कोराना भाइरसको संक्रमण बाट बच्न होम क्वाराइनटाइन रहेका दोलखाको गौरिशंकर बालगृहका अनाथ बालबालिकालाई खाध्यान संकट परेपछि बिभिन्न दाता जुटाइ जिपि फाउण्डेसन नेपाल दोलखाले खाध्यान सहयोग गरेको हो ।
२७  जना बालबालिका र ३ जना स्टापलाई करिब २०  दिनका लागी पुग्ने गरि भिमेश्वर नगरपालिका २  की समाजसेवि बिष्णुलक्ष्मी श्रेष्ठले ४  बोरा चामल, २ बोरा दाल ,२८ दर्जन बिष्कुट ,१०  लिटर तेल ,५  केजी नुन सहयोग गरेकोले आज जिपि फाउण्डेसन नेपाल जिल्ला कार्यसमिती दोलखा अध्यक्ष राकेश श्रेष्ठले हस्तान्तरण गरेका गर्नुभएको छ ।
बिष्णु लक्ष्मी श्रेष्ठले यहाका अनाथ बालबालिकालाई २०७२  को भुकम्पको लताकपडा सहित ६  महिनालाई खाना पुग्ने खाध्यान सहयोग समेत गर्नु भएको बालसंगठन दोलखाका अध्यक्ष समेत रहेका जिपि फाउण्डेसन नेपाल जिल्ला कार्यसमिती दोलखा अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
युवा समाजसेवि म्याथ्मेटिक काउन्सिल नेपाल केन्द्रीय अध्यक्ष श्रीकृष्ण दहालले अनाथ बालबालिकाको लागी नगद २  हजार समेत सहयोग गरेको फाउण्डेसनले जनाएकोछ ।
लकडाउनको समयमा खाध्यान ओसार पासर गर्न कठिनाइ परेकोले गौरिशंकर बालगृहका संस्थापक अध्यक्ष स्वर्गीय चन्द्रकृष्ण जोशीका छोरा शैलेन्द्र जोशीले बलेरोका खर्च ब्यहोरोकाछन ।
जिपि फाउण्डेसन नेपाल दोलखाले गौरिशंकर बालगृहको ब्यबस्थापक यम बहादुर थापालाई सामान बुझाएको छ । जिपि फाउण्डेसन नेपाल दोलखाले बालबालिको लागी खाध्यान,लताकपडा,शैक्षिक सामाग्री सहयोग गर्दै आएको ब्यबस्थापक थापाले बताउनुभयो ।खाध्यान हस्तान्तरण कार्यक्रममा नेपाल प्रसे युनयिन की जिल्ला उपाध्यक्ष निर्जला आचार्य,पत्रकार राजन बस्नेत ,शैलेन्द्र जोशी लायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट