कोरोनाभाइरसः सुदूरपश्चिममा ‘स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने’ चेतावनी

 अनलाइनखबर पाटी     २४ चैत्र २०७६, सोमबार

कामदारसुदूरपश्चिम प्रदेशमा कोभिड-१९ सङ्क्रमणका चारवटा घटना देखिएपछि तत्काल उच्चस्तरको निगरानी र ठूलो परिणाममा परीक्षण नगरिए ‘स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने’ जनस्वास्थ्य विज्ञले चेतावनी दिएका छन्।

केही दिनअघि त्यहाँ विदेशबाट आएका सङ्क्रमित व्यक्तिबाट उनको आफन्तमा पनि कोरोनाभाइरस सरेको पाइएको थियो।

उक्त प्रदेशमा पर्ने नौवटा जिल्लामा सबै तहका गरी लगभग तीन हजार स्वास्थ्यकर्मी रहेको र त्यहाँ पर्याप्त स्वास्थ्य पूर्वाधार र संरचना नभएको अधिकारीहरू बताउँछन्।

यस्तोमा सङ्घीय सरकारले सक्रियतापूर्वक निगरानी र सम्भावित व्यक्तिहरूको परीक्षणमा ध्यान नदिए उक्त प्रदेशमा कोरोनाभाइरसको सङ्क्रमण ‘डढेलोको तहमा फैलन सक्ने’ सुदुरपश्चिमका स्वास्थ्य निर्देशकले अनलाइन्खबर पाटीलाई बताए।

चारवटा सङ्क्रमण देखिएपछि सङ्घले कैलाली र कञ्चनपुरलाई लक्षित गरी करिब ३०० द्रुत परीक्षण कीटसहित चारजना प्रावधिक खटाएको र उनीहरू सोमवार साँझ त्यहाँ पुगेका छन्।

चेतावनी

इपिडिमिओलोजी तथा सरुवा रोग महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीले सावधानी नअपनाइए सुदूरपश्चिम प्रदेश नेपालमा कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु बन्न सक्ने जोखिम देखिएको अनलाइन्खबर पाटीलाई बताए।

उनले भने, “ब्रिटिशकालदेखि नै सुदूरपश्चिमका मानिसहरू भारतमा जाने गरेका छन्। मुम्बईदेखि कालापाहाडसम्म त्यहाँका मान्छे मजदुरी गर्छन् र ठूलो सङ्ख्यामा ती मानिसहरू भारतबाट नेपाल फर्किएका छन्। त्यस क्षेत्रमा पहाडतिर कतै कोरोनाभाइरसको परीक्षण नै गरिएको छैन र मेरो विचारमा त्यहाँ अन्यत्रभन्दा बढी जोखिम छ।”

उनले गाउँगाउँमा स्वास्थ्यकर्मीहरूले ‘प्रहरीले निगरानी गरेको शैलीमा’ ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका व्यक्ति खोज्नुपर्ने र व्यापकस्तरमा जाँच गर्नुपर्ने जनाए।

उनले थपे, “सुदूरपश्चिमका अधिकांश ठाउँमा नाम मात्रैका अस्पताल छन्। धेरैजसो स्थानमा ठूला अस्पताल पनि छैन। त्यही भएर १०-१५ दिनका लागि त्यहाँका जिल्ला जिल्लामा प्राविधिक टोलीहरू खटाउनुपर्छ र तीव्र गतिमा नमुना सङ्कलन गरी राजधानी वा धनगढीमा जाँच गर्ने व्यवस्था मिलाउनुपर्छ। अहिलेको संयन्त्रले एकदमै सुस्त गतिले काम गरिरहेको छ। हाम्रो नेतृत्वले त्यति गम्भीरतापूर्वक नलिएको र मन्त्रालय, विभाग, प्रदेश र स्थानीय तहमा रहेका विभिन्न निकायले एकअर्कालाई हेरिरहेकाले सबैतिर अन्योल भएको देखिन्छ।”

महाकाली
महाकाली नदी पार गरेर नेपाल प्रवेश गरेका एक व्यक्ति

भारतबाट आएका एक व्यक्तिका आफन्तमा कोरोनाभाइरसको सङ्क्रमण सरेपछि दुई दिनअघि मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले द्रुत परीक्षण प्रणालीमार्फत्‌ कैलाली र कन्चनपुर जिल्लामा क्वारन्टीनमा रहेका सबैको परीक्षण गर्ने निर्णय गरेको थियो।

त्यसका लागि सोमवार सङ्घबाट चीनबाट ल्याइएका कीटसहित प्राविधिकहरू कैलालीका लागि प्रस्थान गरेको अधिकारीहरू बताउँछन्।

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले प्रयोगशाला र परीक्षणको दायारा विस्तार गर्न आफूहरू लागिपरेको बताउँछन्।

उनले भने, “हामीकहाँ भएको उपकरणले दिनको १० वटा मात्रै परीक्षण गर्न सक्ने रहेछ। त्यस्तै अर्को उपकरण त्रिपुरेश्वरबाट किनेर ल्याउन लागेका छौँ। काठमाण्डूबाट किटसहित आएका प्राविधिक जनशक्तिसँग थप छलफल गरेर हामी साँझै वा भोलिबाट थप परीक्षणहरू थाल्नेछौँ।”

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट