दोलखाको मेलुङ गाउँपालिकामा चन्दा उठाएर क्वारेन्टाइन निर्माण

 अनलाइनखबर पाटी     २५ चैत्र २०७६, मंगलवार

शोभित उप्रेती – चैत्र २५, दोलखा | दोलखाको मेलुङ गाउपालिकामा भारतबाट आएका २ जनालाई मेलुङ गाउपालिकाको वडा न. ७ स्थानीयबाट चन्दा उठायर निर्माण गरेको क्वारेन्टाइन कक्षमा राखेको छ |

केहि समय अघि भारतबाट आएका मेलुङ ७ का २ जनालाई क्वारेन्टाइनमा राखिएको हो |  उनीहरु कामको शिलशिलामा भारतमा बसोबास गरि काम गर्दै आएका र विश्वमा फैलियाको कोरोना (कोभिड १९ ) को त्रासका कारण गाउ फर्किएकाले उनीहरुलाई  जोखिम न्यूनीकरणका लागि क्वारेन्टाइनमा  राखिएको वडा न ७ का वडा अध्यक्ष नबराज खड्काले जानकारी दिए | गाउपालिका भरि  भारत, युएइ, जापान लगायतका मुलुकबाट जम्मा १४ जना व्यक्तिहरु आयको र वडा न ७ का २ जनालाई सामान्य रुघाखोकी लागेको हुनाले क्वारेन्टाइनमा राख्नु परेको अध्यक्ष खड्काले बताए |

स्थानीय जनता र जनप्रतिनिधिहरुबाट चन्दा संकलन गरि क्वारेन्टाइन निर्माण गर्नुको साथै १ लाख ५६ हजार ९ सय १० रुपैया वडा स्तरीय विपद व्यवस्थापन कोष स्थापना गरेको, उनले भने सोहि कोषको रकमबाट  मेलुङ गाउपालिका वडा न.७ मा रहेको श्री सेतिदेबी प्राबिमा १०  बेडको क्वारेन्टाइन निर्माण गरेको हो |

जिल्लाको अन्य स्थानीय तहले क्वारेन्टाइन निर्माण गरे पनि मेलुङ गाउपालिकाको  भने यो पहिलो क्वारेन्टाइन निर्माण हो |

बागमती प्रदेश सरकारले कोरोना बिरुद्दको अभियानका लागि गाउपालिकालाई १० लाख रुपैयाका दरले रकम  बिनियोजन गरेपनि मेलुङ गाउपालिकाका कुनै पनि वडाहरुमा बजेट प्राप्त नभएको वडा अध्यक्षहरुले बताएका छन् | यद्दपी मेलुङ गाउपालिकाले विदेशबाट आएका व्यक्तिहरु १४ जना पहिचान गरि उनीहरुको घरमा  रातो झन्डा गाडेको छ |

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट