कोरोनासँग मिल्ने लक्षण देखिएका बिरामीको तामाकोशी अस्पतालमा मृत्यु
अनलाइनखबर पाटी २६ चैत्र २०७६, बुधबारमन्थली – रामेछापमा कोरोनासँग मिल्दो लक्षण देखिएका एक जना विरामीको मृत्यु भएको छ । ज्वरो आएपछि उनी ४ दिन देखी मन्थली स्थित तामाकेशी अस्पतालमा उपचाररत थिए । गेलु निवासी ६० बर्षिय बृद्धको उपचारकै क्रममा मृत्यु भएको हो ।
कोरोना भाईरससँग मिल्दो लक्षण देखिएकाले मृतकको स्वाब परिक्षणको लागि धुलिखेल अस्पताल पठाईएको पत्रकार दिपक भट्टले जानकारी दिए । अस्पताल श्रोतका अनुसार मृतकको लक्षण हेर्दा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो देखिएकाले स्वाब परीक्षणका लागि धुलिखेल पठाईएको हो ।
यो खबर साझाबोलि डट कममा लेखियको छ |
Leave a Reply