प्रधानमन्त्री केपी शर्मा ओलीलाई गगन थापाको यस्तो छ ११ प्रश्न

 अनलाइनखबर पाटी     २६ चैत्र २०७६, बुधबार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्रमार्फत् ११ प्रश्न राखेका छन्।

प्रधानमन्त्री ओलीले मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधनलाई लिएर सांसद थापाले बुधबार प्रश्न राखेका हुन्। संसद स्थगित भएको अवस्थामा आफूले प्रधानमन्त्रीलाई पत्रबाट नै प्रश्न राख्नुपरेको थापाले उल्लेख गरेका छन्।

‘प्रधानमन्त्रीज्यू, संसद चलिरहेको भए तपाईंको सम्बोधन र सांसदसँगको प्रश्नोत्तर त्यहीँ हुन्थ्यो,’ थापाले भनेका छन्, त्यो संभव नभएपछि हामी यसरी संवाद गर्न विवश छौं। तपाईंको सम्बोधनमा मेरा केही प्रश्न छन्, केहीमा थप स्पष्टताका लागि यही पत्रमार्फत् आग्रह गर्दछु।

कोरोनाभाइरस संक्रमण जोखिमसँग जुध्न सरकारको तयारी फितलो रहेको थापाको भनाइ छ। परीक्षण किट गुणस्तरहीन भएको उनले उल्लेख गरेका छन्। ‘परीक्षणका लागि आवश्यक जनशक्ति, तालिम र सुरक्षाको तयारी कस्तो छ?,’ थापाले प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट