कोरोनाबाट नेपाल र नेपालीलाई जोगाउन कांग्रेस नेता कोइरालाको सरकारलाई सात सुझाब

 अनलाइनखबर पाटी     २६ चैत्र २०७६, बुधबार

नेपाली कांग्रेसका नेता एवं दोलखाका निवर्तमान सभापति तारा बहादुर कोइरालाले विश्वब्यापी महमारीको रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ बाट नेपाल र नेपालीलाई सुरक्षित राख्न वर्तमान सरकार र अन्य सरोकारवालाहरुलाई ७ बुदे सुझाब दिएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा यति ठुलो महामारीबाट जोगाउन रणनितिक योजना सहितका सुझाबहरु पोष्ट गरेका छन् ।
हेर्नुहोस नेता कोइरालाका ७ सुझाब

संदर्भ कोरोनाको
कोरोनाको प्रकोप विश्व व्यापी वनेको छ। नेपालमा यसको प्रभाव र क्षति न्युनीकरण गर्दै कोरोना संग लडौं नेपालको अर्थतन्त्र र जनता वचाऔं ।


१, यस रोगसँग सम्वंधीत विश्वव्यापी रुपमा प्रचलित नियम र कानुन परीपालना गर्ने।


, हामी संग भएका हस्पिटल र सरकारी भवनहरुले उपचार र क्वारेन्टाइनको लागि स्थान पुग्दैन। त्यसैले पाल र प्रि फेववाट ७७ जिल्ला र ठुला शहरहरुमा चिकित्सा विज्ञहरुको परामर्शमा अस्थाई कोरोना भवनहरु निर्माण गर्ने।


, सामान्य संख्याका विरामीहरुका लागि त भेन्टिलेटर लगायतका स्वास्थ उपकरणहरु नपुग भएको अवस्थामा साच्चिकै रोगको प्रकोप वड्यो भने उपचारनै नपाएर नेपालीहरु मर्नु पर्ने हुन्छ अतस् भेन्टिलेटर लगायतका उपकरणहरु आवस्यक संख्यामा खरिद गरी तयार राख्ने। यी उपकरणहरु रोग नियन्त्रण भैसकेपछी पनि हाम्रो उपचार क्षमता वढाउन उपयोगी हुनेछन्।


४, कोरोनाको कारण भयावह स्थीति नआवस। कामना गरौं। तर जुन रुपमा कोरोना विश्व्यापी वनिरहेको छ। हामीले नचाहेर पनि यो भयानक परिस्थितिको अनुमान र तयारी गर्नै पर्छ। यसको लागी ठुलो संख्यामा स्वास्थ कर्मी, सेना, शसस्त्र प्रहरी, प्रहरी, निजमती कर्मचारी र आवस्यक्ता अनुसार भोलिन्टियरहरु खटाउनु पर्ने हुन्छ। उनिहरुको जीवन रक्षा र परिवारमा देखिने मनोवैज्ञानि त्रासलाई व्यवस्थापन गर्ने विषयलाई गंभिर रुपमा लिनु पर्छ। यो अत्यन्त जोखिमपूर्ण काममा लागी परेकाहरुलाई प्रोत्साहित गर्न र परिवारजनलाई आस्वस्थ गर्न आकर्षक अतिरिक्त सुविधाको घोषणा गर्न पर्छ। कर्तव्य पालनाको सिलसिलामा मृत्युु भयो भने प्रयाप्त मात्रमा क्षतिपूर्तिको व्यवस्था गरेर सहिद घोषणा गर्नु पर्छ। परिवार जनको शिक्षा, स्वास्थ र रोजगारीको जिम्मा सरकारले लिनु पर्छ।


, पहिलोपटक सात र दोस्र्रो पटक सात दिनका लागि सरकारले लक डाउन गरेको छ।छोटो अवधिको लागि त जीवन धानिएला। लामो समय जानु पर्ने भयो भने दैनिक उपभोग्य वस्तु र अौषधीको आपुर्तीको लागि आवस्यक व्यवस्था मिलाउनु पर्दछ। यसको लागी मित्र राष्ट्रहरु संग सहयोग माग्नु र सहकार्यमा जानु जरुरी छ। शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग धन्धा, कल कारखाना, वन्दव्यापार र समग्र वित्तीय कारोबार प्रभावित हुन्छ । कृषि र पर्यटन क्षेत्र पनि प्रभावित हुनेछ। यसले अभाव, भोखमरी, अन्य रोगव्याधी, चोरी, लुटपाट, कालो वजारी र तस्करी वडेर कानुन व्यवस्थामा समेत चुनौती थपिने छन् । लामो समय यो अवस्थामा रहन सकिदैन त्यसैले कोरोना सँग लड्दै आवश्यक तयारीका साथ जिवनलाई सामान्य बनाउदै लैजानु जरुरी छ ।


६, यो संकटको घडिमा सरकारको पहिलो दायित्व हो आफ्ना नागरिकलाई बचाउने र देश जोगाउने । देश बचाउन राष्ट्रिय अर्थतन्त्र बचाउनुपर्छ , यसका लागि देशका गौरबका आयोजना र अत्याबश्यक विकास आयोजना बाहेक बाँकी सबै आयोजना कटौती गर्दै लैजानुपर्छ । राज्यलाई ठुलो आर्थिक भार बनिरहेका नेपाल आयल निगम लगाएतका संस्थाहरु खारेज गरेर निजी क्षेत्रलाई दिनुपर्छ । तालिम गोष्ठी सेमिनार , सभासम्मेलन , भोजभतेर र भ्रमणयात्रा जस्ता सबै कार्यहरु बन्द गर्नुपर्छ । भ्रस्टाचार पुर्ण रुपमा निर्मुल पार्न कोरोना अवधिभर एक उच्चस्तरिय र अधिकारप्राप्त स्वतन्त्र आयोग गठन गर्नुपर्छ । जसका लागि हिजो र आज आफ्नो कार्यकालमा निष्पक्ष, निडर र इमान्दार तथा निष्कलंकित कार्यसम्पादनमा प्रमाणित भएका व्यक्तिहरु समावेश हुनु आबश्यक छ । देशभित्रका सम्पुर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुको बजेट कोरोना नियन्त्रण कोषमा जम्मा गर्न लगाइ उनिहरुको कर्मचारी र अन्य जनशक्ति कोरोना नियन्त्रणको अभियानमा लगाउने । गाडी घोडा अत्यन्त कम प्रयोग गर्ने , कम प्राथमिकता प्राप्त आयोजनाहरुको बजेट कटौती , भ्रस्टाचारीलाई राष्ट्र घाती घोषणा गरि कार्बाही गर्ने , व्यक्तिगत , सामाजिक र सरकारी फजुल खर्च घटाएर माथि उल्लेखित स्रोतबाट बजेट जोहो गर्ने । कृषि उद्योग , वाणिज्य र पर्यटन लगाएतका अन्य व्यवसयीहरुलाई सहुलिएतमा कर्जा तथा अनुदान उपलब्ध गराई व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्ने जसका कारण देशको अर्थतन्त्र लाई विनासबाट जोगाउनलाई मात्र होइन विकसति पनि बनाउन सकिन्छ ।


, यो समय कोरोना विरुद्ध देश भित्र र बाहिरको महायुद्ध हो , आपसि मतभेद र तिक्तता त्यागेर देश बचाउ , जनता बचाउ ।। जयनेपाल ।


 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट