दोलखामा दलित माथि कुटपिट , अबस्था चिन्ताजनक, न्यायको खोजी

 अनलाइनखबर पाटी     २६ चैत्र २०७६, बुधबार

दीपशंकर चौलागाई ,दोलखा २६ चैत । दलित महिलालाई अपशब्द बोल्दै तामाकोशी गाउँपालिका वडा नं ५ का वडा अध्यक्षको टोलीले मरासन्न अबस्था हुने गरि कुटपिट गरेकाछन ।

जाँड रक्सी सेवन गरि वडा अध्यक्ष राजकुमार रोक्का,मदन खड्का,भुमिराज रोक्का ,कपिल फुयाँल र ईश्वर रोक्का सहितको ३० /४० जानको समुह दलित बस्तीमा पसि महिला माथि तथानाम गालिबेज्याती गर्दै दलिको पसल अगाडी पिसाब फेरी कुटपिट गरेका हुन ।

कुटपिटबाट घाइते भएको दुइ महिला र  दुइ पुरुषलाई दोलखाका अस्पतालमा उपचारार्थ भर्ना गरिएकोछ ।

टाउकोमा चोट लागी सक्तघाईते भएको भुवन मिजार र कमल मिजारको चरिकोट स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको घाइतेका आफन्त डबल मिजारले बताएकाछन । शरिर भरि निल डाम भएका दुइ जना दलित महिला  सिता र गिता मिजारको स्थानिय स्वास्थ्य चौकीका उपचार भइ रहेको मिजारले जानकारी दिए ।

जनप्रतिनिधि भएर सार्वसानिक स्थलमा पटक पटक दलितको बुद्धि हुदैन भन्दै अपशब्द बोल्ने रोक्कालाई यो भन्दा पहिला पनि स्थानिय प्रशासनमा दलित समुदायले उजुरी गरेका थिए । गाँजा,रक्सी सेवन गरि बोल्दै हिड्ने अध्यक्षलाई एक पटक सचेत दलित युवाहरुले माफि दिएको परिमाण यस पटक मरासन्न अबस्था हुने गरि कुटाई खानु परेको तितो यर्थाथता सुनाउदै तामाकोशी  गाउँपालिका ५ अर्खोलेका डबल मिराजारले भने ‘हामीले दलित भएर बाँच्न नपाउने ।’

कानुनी राज्यको उपहास गर्दै हामी माथि गरेको अत्याचारको कानुनी कार्वाही हुनु पर्छ म राज्य संग अपिल गर्दछु मिजारले भने । महिला माथि हातपात गर्दै अस्मिता लुटन हर्कत गर्ने वडा अध्यक्ष लगायतको टोलीलाई कानुनी दायरमा ल्याउन मानव अधिकारवादी संघ संस्थाहरुलाई समेत उनले आग्रह गरेकाछन ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट