दोलखाको शैलुङ् गाउँपालिकामा बिपद् ब्यबस्थापन समिती गठन – बैसाख १ मा शैलुङमा भेला नहुन अनुरोध

 अनलाइनखबर पाटी     २७ चैत्र २०७६, बिहीबार

शोभित उप्रेती – चैत २६,  दोलखा | दोलखाको शैलुङ गाउपालिका वडा न. ८ का अध्यक्ष रामेश्वर उप्रेतीको अध्यक्षतामा स्थानिय स्वास्थ्य चौकीका स्वास्थकर्मी सावित्री पुलामीको सदस्य सचिब रहने  गरि बिपद ब्यबस्थापन समिती गठन भयको छ | वडा स्तरिय बिपद ब्यबस्थापन समितिमा सदस्यहरु स्थानिय प्रहरी चौकीका इन्चार्ज असई भगवान खरेल, बल ब.श्रेष्ठ, रन्जिता बुढाथोकी, सुन्तली बि.क, चेत बहादुर बि.क, मोहन सिहं तमाङ्, मान ब.थपलिया, हरि ब.कोइराला, भैरब काफ्ले,दिपेस श्रेष्ठ, नेत्र थपलिया छत्रकुमारी कार्की  र सन्देश कोइराला रहेका छन।

बिपद ब्यबस्थापन समिती सङ्ग सङ्गै स्थानिय अगुवा र स्थानिय सरकारले गर्न सक्ने पहल कदमी  चैत्र २६ देखि सक्रियता  बढाउनका निमित्त गठन हो। खाधन्न पसल, तरकारी पसल र मेडिकल बाहेक अन्य कुनै पनि खुल्ला गर्न नपाइने, गरेको पाइएमा कानुन अनुरुप कारबाही गर्ने र बजार मुल्य भन्दा बढी मुल्यमा बिक्री गरेको जानकारी भएमा कडा कारबाही गरिने समेत स्थानिय भैंसे बजारका ब्यापारी हरुमा  अध्यक्षको रोबरमा सबैलाइ जानकारी गराउनु भयको थियो।

स्थानीयमा हुने मेला, पर्व, बिबाह, ब्रतबन्ध, पुजा, भोजभतेर लगायत भिडभाड हुने खालका कुनै पनि कार्यक्रम हालको कठिन अबस्थालाई मध्यनजर गर्दै रोक्न स्थानीय सामु वडा अध्यक्षले अनुरोध गर्नु भएको छ त्यस्तै दोलखाको प्रसिद्द धार्मिक तथा पर्यटकिय स्थल शैलुङमा बैशाख १ गते मानिस हरुको अत्यन्तै भिडभाड हुने गरेको र यस बर्षपनि हुनसक्ने  भएकाले त्यस्लाइ रोक्नको निम्ति पनि बिभिन्न संचार माध्यम मार्फत सबैलाइ सु-सुचित गर्ने समेत छलफल मा समाबेश गराइएको थियो।

शैलुङ गाउँपालिका ८ भित्र रहेका अति बिपन्न हरुको ७ दिन भित्र छनौट गरि आबश्यक परेको खण्डमा उचित राहत ब्यबस्था गर्ने वडा अध्यक्षले जानकारी दिनुभयो वडा भित्र यदि कोरोना लक्षण र ज्वरो का बिरामी लाई उपचारको निम्ति अन्यत्र लानु परेमा एम्बुलेन्स भाडा निशुल्क र १० हजार उपचार खर्च दिने शैलुङ गाउँ पालिकाको निर्णयलाई वडाले पनि सहज रुपमा वडा बासीहरुलाइ सहयोग गर्ने समेत सो  छलफलमा अध्यक्ष उप्रेतीले जानकारी गराउनु भयो |

बिपद् ब्यबस्थापन समिती कै निर्णयमा आबश्यक परेको खण्डमा राहत खरिद गर्नको निम्ति स्थानीय खाध्य पसल सङ्ग कोटेशनको माग गर्ने निर्णय गरेको छ, उक्त भेलामा उपस्थित सबैले आफ्नो गाउँ ठाउँमा रहेको यथास्थिति बारे वडा अध्यक्ष सामु जानकारी  गराएको थियो।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट