काठमाडौंबाट गाउँ फर्कन चाहनेलाई शुक्रबार र शनिबार जान दिइने

 अनलाइनखबर पाटी     २७ चैत्र २०७६, बिहीबार

काठमाडौं | सरकारले देशव्यापी लकडाउनका कारण काठमाडौंमा रोकिएका मानिसहरुलाई उपत्यका बाहिर जानका लागि शुक्रबार र शनिबार खुला गर्ने निर्णय गरेको छ।

यी दुई दिनमा काठमाडाैं बाहिर जान पाए पनि उपत्यकामा प्रवेश गर्न भने पाउने छैनन्।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले कोरोना संक्रमण रोकथामका लागि लागु गरिएको लकडाउनको तेस्रो हप्ता जारी रहँदा सो निर्णय गरेको हो।

‘यो दुई दिन मानिसहरुको आवतजावत कसरी व्यवस्थापन गर्ने र सवारी साधनको व्यवस्थापन कसरी गर्ने भन्नेबारे मोडालिटी तय गर्न गृह मन्त्रालयमा बैठक जारी छ,’ उपप्रधानमन्त्रीका स्वकीय सचिव दिपेन्द्र श्रेष्ठले अनलाइनखबर पाटीलाई बताए।

यसका कारण अन्य प्रदेश तथा देशव्यापीरुपमा जारी लकडाउनकाे नियममा भने कुनै परिवर्तन गरिएकाे छैन।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट