कालिन्चोक गाउँपालिकाको लापिलाङ क्वारेन्टाइनबाट मध्ये राति २३ जना स्थानीयलाई लखेट्दै सिंगटी क्वारेन्टाइनमा – हेर्नुहोस् यस्तो छ कारण

 अनलाइनखबर पाटी     २७ चैत्र २०७६, बिहीबार

कोपिला कार्की  – चैत्र २७ , दोलखा | दोलखामा लक डाउनको अवज्ञा गर्दै आएका कालिन्चोक गाउपालिकाका २३ जना मानिसहरु अहिले सिंगटीको क्वारेन्टाइनमा   बसेका छन।

आइतबार राति जिल्ला भित्रियका कालिन्चोक गाउपालिकाका २३ जना स्थानीयहरू हुन् | रातारात दोलखा प्रवेश गरेका १५ महिनाको बालक देखि ७२ बर्षीय बृद्द सम्म  दिनभरी भोक भोकै हिड्दै आइतबार राती करिब १२ बजे खरीढुंगा आइपुगेका थिए | उनीहरुलाई खरीढुंगा प्रहरीले सोमबार बिहान ८ बजेसम्म रोकेर राखेको थियो | उनीहरुलाई सोमबार बिहान करिब ११ बजे जिल्ला प्रहरी कार्यालय दोलखाको तल्लो भागमा  दिनभरी गाडी भित्रै बस्नु परेको थियो |

यता कालिन्चोक गाउपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्गाने उपालिकाका अध्यक्ष बिनकुमार थामीले बताए पनि साँझ अध्यक्ष थामि र   लापिलाङमा वडा अध्यक्षसंग सम्पर्क हुन सकेन र स्थानीय प्रशासनले गाउपालिकाको उपाध्यक्ष कालिका पाठकलाई लाइ सम्पर्क गरि क्वारेन्टाइनमा राख्नु भन्यो | पाठकले साँझ सबैलाई बुझेर खाद्यान्न रप्रहरी स्कटिंग सहितको टोलिल्लाई लापिलाङ क्वारेन्टाइनमा पठाईन |

उता  लापिलाङ माध्यामिक बिद्यालयमा तयार गरिएको क्वारेन्टाइन पुग्नसाथ स्थानियहरुले क्वारेन्टाइनमा राख्दा हामीलाई समस्या हुने भन्दै  ढुंगा मुढा गरे पछी स्कटिंगमा गयको प्रहरीलाई रोक्न हम्मे हम्मे परेको थियो तत्कालै थप प्रहरी बल झिकाई रातको १२ बजे सिंगटी स्थित प्रताप स्मृति कलेजमा पुर्याइएको थियो |

कालिन्चोक गाउपालिकाका अध्यक्ष बिनकुमार थामीले क्वारेन्टाइनमा राख्नु पर्ने मानिसहरु स्थानीय भयता पनि एकै पटक धेरै जना भएको र स्वास्थकर्मी अभाबका कारणले रातारात पुगेका हुनाले व्यवस्थापन गर्न गारो भएको बताए | क्वारेन्टाइनमा बस्न गएका स्थानीय नागरिकलाई स्थानीयले ढुंगा मुढा गरेको बिषयलाई लियर गाउपालिकाको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष थामीले जानकारी दिए |

पिडित यसो भन्छन,

समबन्धित वडाका वडा अध्यक्ष तथा गाउपालिका अध्यक्षले समयमा नै स्थानीय प्रशासनसंग जिम्मा नालीएको कारण चरिकाेटमा दिनभर पानी समेत खान नपाइ  दाशैमा ल्याइयका खसी बाेका जस्ताेगरि गाडिमा काेचेर राखियकाे र बेलुका ७ बजे उपाध्यक्ष कालिकापाठकले जिम्मा लिइ पानी चाउ चाउ खुवाएर अध्यक्षले तयार गरेकाे लापिलाङकाे क्वारेन्टाइनमा पठाइएकाे तर लापिलाङ पुग्ने बित्तिकै सयाै मान्छे जम्मा भइ ढुङगा मुडा गरेकाे,खाद्ध्य सामाग्रि लियर गयकाे गाडिमा ढुङ्गा प्रहार गरि भागा भाग बनाएकाे र अन्तमा खुकुरि प्रहार गर्नु पर्छ भन्नथाले पछि सुरक्षाकर्मिले खाद्ध्यान्न बाेकेकाे दुइवटा बलेराे हामि भागेर सिंगटी  प्रहरि प्रशासनमा  मध्येरातमा  पुगेकाेले  र हाल सिंगटी सुरक्षा निकाय,  प्रमुख प्रशासकिय अधिकृत नमराज अाेलि, उपाध्यक्ष कालिका पाठक तथा ने क पा कालिङ्चाेक अध्यक्ष भक्तशिवाकाेटि लगायत अन्य स्थानियहरुकाे सकृयतामा सुरक्षित क्वारान्टाइन खडागरि सिंगटी प्रताप स्मृति कलेजमा राख्नु भएको छ भन्छिन पिडित मध्येकी ५४ बर्षीय शारदा भण्डारी |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट