अध्यक्ष काफ्लेले व्यक्तिगतरुपमा तामाकोशी गाउँपालिका भरि स्वास्थ्य सुरक्षा सामग्री वितरण

 अनलाइनखबर पाटी     २९ चैत्र २०७६, शनिबार

शोभित उप्रेती – चैत्र २९, भिरकोट – दोलखा | दोलखाको तामाकोशी गाउपालिका वडा न. १ भिरकोटका वडा अध्यक्ष महेश काफ्लेले व्यक्तिगतरुपमा खरिद गरि गाउपालिकाका स्वास्थाकर्मिहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्री वितरण गरेका छन् | विश्वव्यापी फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनको लागि वडाध्यक्षले स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको हुन् ।

विश्वमानै कोरोना भाइरस (कोभिड -१९) का कारणले त्रशित भएको अबस्थामा नेपाल पनि अछुतो रहन सकेन | यो विषम परिस्थितिमा सरकारले बिशेष खालको रणनीति आपनाउन नसक्दा हाम्रो जस्तो हिमाली जिल्लाको ग्रामिण भेगहरुमा कृषि पेसा नअपनाई कतिपय नागरिकहरुलाई छाक टार्न र भविष्यमा आवश्वक पर्ने खाध्यान बचतका लागि पनि काम गर्ने पर्ने बाध्यता छ | यस्तो अबस्थामा खेत बारीमा आवतजावत गर्दा धेरैसंग सम्पर्क हुने र मौसम परिबर्तको समय पनि भएको हुँदा स्वास्थ्य सामान्य समस्या आए पनि स्वास्थ सस्थामा काम गर्ने सवास्थाकर्मिहरुलाइ चेक जाच गर्दा समेत डराउनु पर्ने अवस्था रहेको छ |

त्यसैले स्वास्थाकर्मिहरुको स्वास्थ जोखिमलाई ध्यान दिदै स्वास्थ्यकार्मिहरुले सुरक्षित महशुस गरि नागरिकहरुको स्वास्थसेवामा लाग्न सकुन भन्ने उदेश्यले तामाकोशी गाउपलिका वडा न . १ भिरकोटको स्वास्थ्य चौकीमा ३ थान र सामुदायिक स्वास्थ्य इकाईलाई १ थान गरि जम्मा ४ थान  पीपीइ सेट आफ्नै व्यक्तिगत रकमबाट उपलब्ध गराएको अध्यक्ष काफ्लेले बताए |

यस अगी भिरकाेट भरि सबैलाइ पुग्ने गरि मास्क ४००० थान, दलित अपांग र बिपन्नलाइ सावुन समेत केही दिन अगाडि बाँडेका अध्यक्ष काफ्लेले तामाकोशी गाउपालिकाका बाकीं सम्पूर्ण वडाका स्वास्थ्य चौकीहरुमा स्वास्थाकर्मिहरुको सुरक्षाका लागि व्यक्तिगतरुपमा २ सेट पीपीइका दरले भोलिनै वितरण गर्ने अनलाइनखबर पाटीलाइ बताएका छन् |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट