कस्तो सरकार ! न काठमाडौंमा खान दिन्छ, न घर जान दिन्छ’

 अनलाइनखबर पाटी     २९ चैत्र २०७६, शनिबार

काठमाडौं । नागढुंगा नाकाको प्रहरी चेकपोस्टभन्दा केही तल दुईवटा मालवाहक ट्रक रोकिएका छन् । बाहिर मानिसको भिड मेला लागे सरह छ । अधिकाशंका काठमाडौंको कन्ट्रक्सन साइटमा काम गर्ने कामदारहरु हुन् ।

लगातारको लकडाउनका कारण खान नपाउने अवस्था आएपछि उनीहरु घर जान खोजिरहेका छन् । कोही नेपालगञ्ज पुग्नुपर्ने बताउँछन त कोही वीरगञ्ज । रौतहट र सर्लाहीतिर पुग्नेहरु पनि हातमा जेब्रा झोला बोकेर उभिइरहेका छन् ।

उनीहरु सबै मालवाहक ट्रकले लिफ्ट देला कि भन्ने आशामा अनुरोध गरिरहेका छन् ।

धेरैको गन्तव्य तराईका जिल्ला थियो । उनीहरु भन्दै थिए, ‘जे पर्ला त्यस्तै टर्ला, पाए गाडी चढ्ने हो नत्र हिँडेरै जाउँला ।’

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट