रामेछापको सल्लेपाखा जंगलमा लागेको आगो नियन्त्रण बाहिर

 अनलाइनखबर पाटी     २९ चैत्र २०७६, शनिबार

कोपिला कार्की – चैत्र २९ , रामेछाप । रामेछापको मन्थली नगरपालिका–११ गेलुस्थित बर्लापाखा सल्लेपानी जंगलमा शुक्रबार देखि आगो लागेको हो | जंगलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । स्थानीयले निभाउनको लागि धेरै कोशिस गरे पनि आगो वडा नम्बर १२ को जंगलतर्फ फैलिएको छ । शुक्रवार दिउसोबाट लागेको आगो नियन्त्रण बाहिर गएपछि स्थानीय नागरिकहरु चिन्तित बनेका छन् |

मन्थली नगरपालिका–१२ का वडा अध्यक्ष कृष्णहरि अधिकारीले डडेलो नियन्त्रण बाहिर गएको बताएका छन् | डडेलोले विशाल रुप लिदै गएको र गाउँलेको प्रयासले मात्र सम्भव नहुने, अहिलेसम्म बस्ती भने जोखिममा परेको छैन् ।’ हावा चलेसँगै डाँडामा तीब्र गतिको साथ डडेलो फैलिएको छ, करिब छ हेक्टर भन्दा बढी जंगल डडेलोले सखाप पारेको अध्यक्ष अधिकारीले अनलाइनखबर पाटीलाइ जानकारी दिए |

यस्तै रफ्तारले आगो सल्किदै गयो भने बस्तीहरुलाई पनि समस्यामा पार्न सक्ने छ | सम्बन्धित सरोकारवालाहरुले पहल कदमी चल्नुको विकल्प नरहेको समेत अध्यक्ष अधिकारीले बताए |

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट