मोटरसाइकल चोरेर फरार रामेछापका तीन भाइ काभ्रेमा पक्राउ

 अनलाइनखबर पाटी     ३० चैत्र २०७६, आईतवार

चैत्र-३०, काभ्रे । लकडाउनको मौका छोप्दै रामेछाप जिल्लाबाट मोटरसाईकल चोरी गरेर काठमाडौ लैजाने क्रममा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी विक्रम कुमार थापाकाले रातीको समयमा मोटरसाइलमा आएका तीन जनामाथि सोधपुछ गर्ने क्रममा चोरीको मोटरसाइकल सहित तीन जनालाई पक्राउ गरेको बताउनुभयो ।
पक्राउ पर्नेहरुमा रामेछाप जिल्ला लिखुतामाकोशी गाउँपालिका–३ का १८ बर्षिय बुद्ध तामाङ,  वर्ष १५ का लालबहादुर तामाङ र वर्ष १५ को सन्त बहादुर तामाङ रहेको थापाले जानकारी दिनुभयो ।

डिएसपी थापाका अनुसार शुक्रबार राती २ वजेको समयमा काभ्रेको रोशी गाउँपालिका–९ मंगलटारस्थित बिपि राजमार्गमा तीनै जनालाई पक्राउ गरेको थियो । प्रहरीले बा. ६५ प ८१२४ नम्बरको २२० सीसीको पल्सर मोटरसाईकलमा आईरहेको अवस्थामा चेकजाँच गर्ने क्रममा चोरेर ल्याएको स्वीकार गरेका थिए । उनीहरुले रामेछापको मन्थली नगरपालिकास्थित सडक छेउमा रोकी राखेको अवस्थामा लक तोडी चोरी गरी काठमाण्डौ तर्फ लैजान लागेको स्वीकार गरेको प्रहरी समक्ष बताएका छन् ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट