दोलखामा कोरोना भाइरस (कोभिड १९) को र्‍यापिड टेस्ट हुने

 अनलाइनखबर पाटी     ३० चैत्र २०७६, आईतवार

चैत्र ३० , चरिकोट | दोलखामा पनि कोरोना भाइरस (कोभिड १९) को र्‍यापिड टेस्ट सुरु गरिने भएको छ । विदेशबाट फर्किएका र क्वारेन्टिनमा बसेकाहरुमा कोरोना संक्रमणको भए नभएको पत्ता लगाउन र्यापिड टेष्ट सुरु गर्न लागिएको हो । त्यसका लागि ३ सय थान र्‍यापिड टेस्ट किट आईतवार जिल्ला आईपुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विभु कुमार झाले र्यापिड किट जिल्ला आईसकेको र टेष्टका लागि तयारी भैरहेको जानकारी दिए । ‘र्यापिड किट जिल्ला आईसकेको छ, स्वास्थ्यकर्मीलाई प्रयोगको बिधिबारे जानकारी गराएपछि ल्यावको सुविधा भएका स्थानमा र्यापिड टेष्टको ब्यवस्था मिलाउने छ |’ उनका अनुसार विदेशबाट पर्किएर १४ दिन पुरा भैसकेको र २१ दिन नकटेका व्यक्तिहरुमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन र्यापिड टेष्ट गरिनेछ ।

र्यापिड टेष्टका क्रममा रिपोर्ट पोजेटिभ आए सम्बन्धित स्वास्थ्य संस्थामा उपचारका लागि पठाईनेछ भने नेगेटिभ आए होम क्वारेन्टाईनमा बस्न आग्रह गरिनेछ । पहिलो चरणमा सिंगटीमा स्थित प्रताप स्मृति कलेजमा बनाईएको क्वारेन्टिनमा बसेकाहरुमा र्यापिड परीक्षण गर्ने तयारी छ । त्यसपछि आवश्यकता अनुसार विदेशबाट आएर होम क्वारेन्टाईनमा बसेकाहरुको पनि र्यापिड परीक्षण गरिने बताईएको छ ।

दोलखामा स्थानीय तहहरुले संकलन गरेको तथ्यांक अनुसार साँढे तीन सय बढि नागरिक विदेशबाट फर्किएका छन् । यसैबीच सिंगटी क्वारेन्टिनमा बसेका एक जनालाई कोरोनाको संक्रमणको आशकामा गरिएको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । भारतबाट आई क्वारेन्टिनमा बसेका उनको स्वाब परीक्षणका लागि काठमाण्डौं स्थित टेकु अस्पताल पठाईएको थियो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट