पर्यटकीय नदी तामाकोशीको अबैध उत्खनन देखि स्थानीय प्रशासनसम्मलाई च्यालेन्ज

 अनलाइनखबर पाटी     २ बैशाख २०७७, मंगलवार

बैशाख २ , दोलखा | दोलखाका अधिकांस खोला नदीहरु कुनै चित्रकारले धेरै मिहिनेतले अहिले चित्र कोरेजस्ता देखिन्छन । जहाँ प्रकृतिले नै कोरिदिएको छ । गौरीशंकर हिमाल , शैलुङको सय थुम्का, कालिन्चोक भगवती मन्दिर, दोलखा भिमसेन मन्दिर, जिरी चेर्दुंङ, च्छोरोल्पा हिमताल लगायतका पर्यटकीय स्थलहरुको काखमा बगिरहेको सुन्दर तामाकोशी नदि  सायदै १८ /२० वर्ष भयो होला संलियर हिड्न नपाएको । बालुवा लिएर सधैं धमिलो बग्ने तामाकोशी नदी धेरै पछि कञ्चन देख्न पाउदा प्रकति प्रेमी सबैको मनै आनन्दित हुन्छ |

तामाकोशी नदी धेरैपछि कञ्चन हुनुको कारण अहिले विश्वलाई नै हल्लाइरहेको कोरोना भाइरस कोभिड-१९ नै हो । कोरोनाबाट विश्व नै त्रसित छ । नेपाल लडकडाउन भएर सम्पूर्ण बजार, निर्माण, उत्पादन र नदीजन्य काम ठप्प छ । जसकारण यतिबेला नदी, खोलाहरु भने कञ्चन भएर बगिरहेका छन । दोलखाको मुख्य नदीको रुमपा तामाकोशी नदि रहेको छ |


तामाकोशी नदी मध्यपूर्व नेपालको एक प्रमुख नदी हो । तामाकोशी नदी सुनकोशीको सहायक नदी मात्र नभएर यो एक शक्तिशाली प्रमुख नदी हो जुन भोटेकोशी भन्दा दुई गुणा ठुलो छ । तामाकोशी नदी थुप्रै हिमनदी र हिम शिखर पग्लेर तिब्बत बाट बग्न सुरु गर्दछ । बुस्तिको रोड भेटिनु पुर्व यो नदि ७५ कि.मि. फैलिएको छ । तामाकोशीको शाब्दिक अनुवाद तामाको नदी रहेको छ । यो नदीलाई दुखको नदीका नामले पनि चिनिन्छ । राजा रनबहादुर शाहको पालामा ठेउलाको महामारी फैलिएकोले ती बिरामीहरूलाई काठमाडौंबाट निकाली तामाकोशीको किनारमा पठाएको र सोही क्रममा ती लखेटिएका नेवार समुदायका बालबच्चा त्यस रोगले मरेको हुनाले उनीहरूले गरेको विलापला‌ई सितलामाजु नाम दिेइएको थियो जसले उनीहरुको कठिन यात्रा र दुःख वर्णन गर्दछ । गौरीशङ्कर हिमालको हिमनदीले छोरोल्पा ताल बनेको छ जसबाट यो नदी उत्पन्न भएको हो । यस नदीको पानीको गति असाध्यै उच्च छ । यस नदीको पानीको बहाबलाई ग्रेड ४-६ दिइएको छ । तामाकोशी नदी सप्तकोशीको सात मध्ये एक सहायक नदी हो । धेरै उच्च बहाब र रेपिडको कारण यो नदी व्यवसायिक प्रयोगको लागि कठिन छ । व्यवसायिक प्रयोग कठिन भएतापनि र्‍याफ्‍टिङ्ग र क्याकिङ्गको लागि यो नदी पनि प्रयोग हुँदै आएको छ । यो नदी दोलखा, रामेछाप , सिन्धुली हुँदै बग्ने नदी हो एवं नेपालको बहुप्रतिष्ठित माथिल्लो तामाकोशी जलविद्युत आयोजना ४५६  मेगा वाट बिजुली पनि यही नदीबाट निकालिने भैएको छ र यसको कार्य निर्माणाधीन छ ।     – स्रोत (गुगल – तामाकोशी विकपिडीया)


गौरीशंकर हिमालदेखि विधिन्न धेरै खोंचहरुबाट लुकामारी गर्दै निर्माणधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजना गोंगर, सिंगटी भएर बग्ने तामाकोशी नदी ढुंगा, गिटी, बालुवाको उत्खननले धमिलोमात्रै बग्थेन, दुर्गन्धित नै बनिसकेको थियो । दोलखाको धेरै स्थानीय तह छुने यस नदि गोंगरको माथिल्लो भेग देखि रामेछाप जिल्लाको सिमानासम्मको क्षेत्रमा नै उत्खनन् र दोहन हुने गरेको छ | त्यसमध्येमा पनि तामाकोशीको नदीको गोंगर खोला, सिंगटी बजार, गुमुखोला, तामाकोशी बजार, गोपिखोला, चैतेघाट ढोलीखोला, मालुखोला, सितली बजार आसपासका सबैभन्दा बढी उत्खनन् र दोहन हुने ठाउँहरु हुन् । त्यहाँका रहेका थुप्रै क्रसर उद्योगले तामाकोशी नदीलाई नै दोहन गरिरहेका थिए ।

अहिले कोरोना भाइरस संक्रमणको जोखिमका कारण ढुंगा, गिटी, बालुवाको उत्खखन् र क्रसर उद्योगहरु बन्द छन् । जसका कारण धेरैपछि तामाकोशी नदी कञ्चन भएर बग्न पाएको छ । ‘कोरोना भाइरसका कारण महिना दिन पुग्न लाग्यो होला उत्खनन रोकिएको । क्रसर उद्योगहरु पनि बन्द छन्, त्यसैले तामाकोशी नदी यति कञ्चन भएर स्वतन्त्र रुपाले बग्न पाएको छ |

नदी उत्खनन् र गिटी, बालुवा पखालेको पानी सीधै नदीमा मिसाउँदा धेरै वर्षदेखि तामाकोशी नदी कुरुप बनिरहेको थियो । वास्तबमा तामाकोशी नदीमात्रै धमिलो बगेको थिएन, यस आसपासमा रहेका वासिन्दाको दैनिक जीवनयापन पनि धमिलो भएको थियो | यहाँको ढुंगा, गिटी, बालुवा र क्रसर उद्योगले आसपासका मान्छेहरुको बाँच्ने उमेर नै घटाइरहेको छ । ढुंगा, गिटी, बालुवा र क्रसर उद्योगले तामाकोशी नदीसँगै आसपासका घाँसपात, अन्नबाली धुलोले ढाक्ने गरेकोमा अहिले कोरोनाकै कारण स्वच्छ बनेको स्थानीयको अनुभव छ ।

तामाकोशी नदीमा मेसिन प्रयोग गरेर अवैध रुपमा रातमा समेत नदी दोहन हुने गरेको थियो । अहिले उद्योगहरु बन्द भएसँगै कोरोनाको कहरमा स्थानीयले राहत महसुस  गरेका छन् ।

तामाकोशी नदीलाई अहिलेकै अवस्थामा राख्न अब दोलखा जिल्लाका स्थानीय तहहरुले क्रसर उद्योग त्यो ठाउँबाट स्थानान्तरण गर्नु पर्ने देखिन्छ । अहिले नदीको सुन्दरता देख्दा जो-कोहिलाई थाहा हुन्छ कि हामी कति नबुझ्ने रहेछौ । पहिलो कुरा अनाधिकृत रुपमा सञ्चालन भइरहेको क्रसर उद्योग अब सदाका लाग बन्द गर्ने अवसर पनि स्थानीय प्रशासनलाई मिलेको छ | ढुंगा, गिटी, बालुवाको काम पनि स्थानान्तरण गर्न सकिन्छ । यसतर्फ  दोलखाका स्थानीय तहहरु र बागमती  प्रदेशले ध्यान दिनु जरुरि देखिन्छ |

उत्खनन हुने क्षेत्रमा सडक र नदी दुवैका हिसाबले मापदण्डविपरीतका क्रसर उद्योगहरु सञ्चालित छन् । शक्ति र सत्ताको आडमा लामो समयदेखि सञ्चालकहरुले अवैध उद्योग चलाइरहेका छन् । कोरोना भाइरसका कारण बन्द भएका उद्योगलाई सदाका लागि बन्द गराउने यो अवसरसमेत सदुपयोग गर्न नसक्ने हो भने, कुरूप भनेको तामाकोशी नदि क्षेत्रले सिङ्गो दोलखाको पर्यटकीय मुहारलाई असर पार्ने देखिन्छ |

कोरोनाको कारण मान्छेमा नराम्रो असर परे पनि यतिखेर भने प्रकति सफा बनेको छ । यति खेर तामाकोशी नदी १८ बर्षे जवानीले  छोएको स्वर्गकी अप्सराको रुपमा मैहुँ भन्दै नजर लगाउनेहरुलाई लोभ्याउदै कलकल बगेको देख्न सकिन्छ |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट