मेलुङमा सनसीटि अपार्टमेन्ट नजिकैबाट आउनेको संख्या बढ्दो – तामाकोशीले राख्यो आइसोलेसनमा

 अनलाइनखबर पाटी     ३ बैशाख २०७७, बुधबार

शोभित उप्रेती – चैत्र ३ दोलखा | दोलखाको मेलुङ र तामाकोशी गाउपालिकामा  काठमाडौंको पेप्सीकोला स्थित सनसीटि अपार्टमेन्ट नजिकै बस्दै  आउनेहरु स्थानीय घर फर्कनेको संख्या बढ्दो छ |  तामाकोशी गाउपालिकाका काठमाडौंको पेप्सीकोला स्थित सनसीटि अपार्टमेन्ट नजिकै बस्दै आएका तिन जना नागरिकलाई स्थानीय प्रशासनले आइसोलेसनमा राखेको छ | तर सोहि दिन यता मेलुङ गाउपालिका वडा न. १ पवटी घर भइ सनसीटि अपार्टमेन्ट नजिकै बस्दै आएका पाँच जना  ट्याक्सीमा सवार स्थानीयहरु निस्फिक्री गाउघरमा छन् |

विश्वनै त्रसित अबस्थामा रहेको बेला नेपाल अछुतो रहन सकेन | सनसीटि अपार्टमेन्टमा बस्नेहरुलाई कोरोना पोजेटिभ देखिए पछी सिङ्गो देशनै त्रासमा गुज्रिएको छ | मेलुङ गाउपालिका वडा न. १ पवटीमा  सोहि स्थानबाट गाउमा मान्छेहरु आउन थाले पछी सम्बन्धित टोलका नागरिकहरु त्रसित नहुने कुरै भएन | छिमेकीहरुले स्थानीय सरकारलाइ खबर गरेपछि वडा न १ का वडाध्यक्ष सहितको टोलीले निजहरुलाई घरमै गइ होम क्वारेन्टाइनमा सुरक्षितरूपमा बस्न आग्रह समेत गरेको छ |

यद्दपी स्थानीय सरकारका प्रतिनिधिहरुले ती ब्यक्तिहरुलाइ सुसुचित गराउदा गरादै पनि संकास्पद व्यक्तिहरु र उनीहरुको परिवार गाउघरमा निस्फिक्री डुल्न र पसलहरुमा किनमेल गर्न निस्केपछि गाउनै त्रासमा परेको र तत्काल सरोकारवाला निकायबाट आइसोलेसनको व्यवस्थापन गरि निजहरुको चेक जाच अगाडि बढाउनु पर्ने अनि मात्र हामि त्रासबाट मुक्त हुने अबस्था आउने एक छिमेकीले अनलाइनखबर पाटीलाइ जानकारी दिए |

जिल्ला प्रशासन कार्यालय दोलखाले तामाकोशी गाउपालिकाका उनीहरुलाई कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखेको हो | दुइ दिन अघि मात्रै तामाकोशी गाउपालिका स्थित स्थानीय घरमा फर्कीएका तिनै जनालाई आज स्थानीय प्रशासनले धुलिखेल अस्पतालद्वारा संचालित किर्ने स्वास्थ केन्द्रमा निर्माण भएको आइसोलेसनमा राखेको हो |

यो विषम परिस्तिमा सरकारले लक डाउन (बन्दा बन्दी ) घोषणा गरे पनि काठमाण्डौबाट दुइ पांग्रे र चार पांग्रे सवारी साधन प्रयोग गरि गाउ फर्संकनेको ख्यामा कमि हुन सकेन | स्थानीय प्रशानाले लक डाउनलाइ अझै कडा गर्नुको विकल्प देखिदैन

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट