उपत्यकाबाहिर जान चाहनेका लागि व्यवस्था गर्न प्रधानमन्त्रीद्वारा मन्त्रीहरुसँग छलफल

 अनलाइनखबर पाटी     ५ बैशाख २०७७, शुक्रबार

वालुवाटार , काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्रीसहित कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्यलाई बालुवाटार बोलाएका छन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले समिति सदस्यहरूलाई दिउँसो ४ बजे बालुवाटार बोलाएका हुन्।

बालुवाटार जानुअघि केहीबेरअघि सिंहदरबारमा उक्त समितिको बैठक बसेको थियो।

लकडाउनमा घर जान खोज्ने नागरिकहरू अलपत्र परेको विषयमा प्रधानमन्त्रीले छलफल गर्न लागेको बुझिएको छ।

सयौं किलोमिटर टाढा पैदल जान लागेका नागरिकको उद्धार र व्यवस्थापन गर्न सरकारलाई चौतर्फी दबाब छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट