सर्लाहीका १४ वर्षीय बालकमा कोरोना संक्रमण देखियो

 अनलाइनखबर पाटी     ६ बैशाख २०७७, शनिबार

बैशाख – ६ , सर्लाही | सर्लाही जिल्लाको धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेको ६५ जना (आरडिटी)टेष्ट गर्दा एक १४ बर्षिय बालकमा कोरोना पोजेटिभ फेला परेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताएका छन् ।

बिश्वब्यापीको रुपमा फैलिएको (कोभिड १९) को महामारी बिस्तारै नेपालमा पनि फैलिने सुरु भएका छन्। क्वारेन्टाइनमा सो बालक संग रहेका ब्यक्तिको (आरडिटी) परिक्षण गर्दा निगेटिभ आएपछि सो बालक सहितका स्वाब थप परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रमुख जिल्ला अधिकारी जिसीले बताएका हुन।

सो बालक गत २३ गते भारतको दिल्लीबाट एमबुलेन्समा मुस्लिम धर्मका ब्यक्तिहरु संग बसि भारत बिहार राज्यको सितामढी जिल्लाको बैरगनिया सम्म आएको स्रोतबाट खुलेको हो।

बैरगनियाबाट सो बालक आफ्नो गाउँ जान चोरबाटो अपनाई रौतहट हुँदै आफ्नो गाउँ सर्लाही जिल्लाको धनकौल गएका थिए। प्रहरीले सो खबर पाउने लगत्तै नियन्त्रणमा लिएको थियो। सो बालक आफ्नो घर नपुगि सिधै क्वारेन्टाइन सम्म पुगेको प्रमुख जिल्ला अधिकारी जिसीले जनाएको बताउका छन्। सो बालक बारे थप अनुसन्धान भईरहेका छ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट