काठमाडौं भएका दोलखाली नागरिकलाई सहयोग गर्ने नेता लामाको प्रतिबद्धता

 अनलाइनखबर पाटी     ६ बैशाख २०७७, शनिबार

शोभित उप्रेती – बैशाख ६ दोलखा | नेपाली काँग्रेस दोलखाका नेता बर्मा लामाले दोलखा घर भइ विभिन्न रोजगारीका सिलशिलामा काठमाडौंमा बस्दै आउनु भएका दोलाखालि नागरिकलाई सहायोग गर्ने बताउनु भएको छ |

कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न यो विषम परिस्थीमा काठमाडौंमा बस्दै आएका दोलखाली नागरिकहरुलाई सरकारले गरेको लक डाउनमा कुनै पनि किसिमको समस्या परेमा सहयोगका लागि आवश्यक सहजीकरण गर्न दोलखा कांग्रेस तयार रहेको छ, र धेरै तेस्ता कामहरु गर्दै आएको उहाले बताउनु भयो |

दोलखाका नेता लामाले काठमाडौं बस्नेलाई खाना, बस्न मात्र नभई पैदल यात्रा गरेर गाउघर फर्कियाकालाई मध्यनजर गर्दै सर्बोच्चले गरेको निर्देशन अनुसार सरकारले निर्णय गर्ने हो भने दोलखाका नागरिकहरुलाई सम्बन्धित स्थानीय तहमा सुरक्षित साथ पुर्याउनका लागि तयारी अबस्थामा रहेको बताउनु भयो |

उंहाले सामाजिक संजाल फेसबुक मार्फत ” आदरणीय दोलखा बसी महानुभाबहरु यो महामारीको बेला विभिन्न समस्या पर्न सक्छ, भोकै पनि पर्ने सक्छ यस्तो बेलामा हामीले गर्न सक्ने सहयोग जुटाउन  हरसम्भव प्रयत्न गर्नेछौ” भन्दै दोलखाली नागरिकहरुलाई ९८५१०३०१६७ र ९८०१३७२०६७३ मा सम्पर्क गर्न आह्वान गर्नु भएको छ |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट