पसलमा आगलागी हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

 अनलाइनखबर पाटी     ८ बैशाख २०७७, सोमबार

गुल्मीको चन्द्रकोटमा किराना पसलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको बसपार्कमा रहेको खनाल स्टोर्समा आगलागी हुँदा पसल सञ्चामलक पूर्ण खनालका छोरा १५ वर्षीय समिर खनालको मृत्यु भएको हो।

आगलागीमा परेर सोही परिवारका तीन जना घाइते भएको चन्द्रकोट प्रहरी चौकीका इन्चार्ज रामप्रसाद धबलले जानकारी दिए।

पसलबाट डिजल, पेट्रोलसमेत बिक्री गर्दै आएकाले आगो निभाउन समय लागेको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीले पसलको सबै सामग्री जलेर नष्ट भएको छ|

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट