मन्त्रि पार्बत गुरुङले यसरी गरे सडक पेटीमा भेटिएका बालकको उद्धार

 अनलाइनखबर पाटी     ८ बैशाख २०७७, सोमबार

काठमाडौँ  |  महेन्द्रनगरमा सडक पेटीमा भेटिएका अन्दाजी ११ वर्षीय र १० वर्षीय दुई बालकलाई महिला, बालबालिकातथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तरगतको राष्ट्रिय बालअधिकार परिषदले उद्धार गरेको छ। गतशुक्रबार उद्धार गरिएका दुवै बालकलाई महेन्द्रनगरस्थित अमर बाल गृहमा व्यवस्थापन पनि गरिएको परिषदका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए।

‘लकडाउनका बेला दुई अनाथ बालक सडकमा बेवारिसे अवस्थामा भेटिए’ भन्ने समाचार विभिन्न समाचार माध्यामले प्रकाशित गरेलगत्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले तत्काल उद्धार गर्न परिषदलाई निर्देशन दिनुभएको थियो। मन्त्री गुरुङको निर्देशन र स्थानीयप्रशासनको सहयोगमादुवै बालकको उद्धार गरी व्यवस्थापनगरिएको परिषदले जनाएको छ।

बजार क्षेत्रबाट उद्धार गरिएका दुवै बालकलाई उनीहरुको मनोविज्ञान र चाहना अनुसार शिक्षा दिक्षाको पनि आवश्यक व्यवस्था मिलाइने अमर बाल गृहका संचालकउत्तर टमाटाले बताए । उद्धार गरिएका दुवैको अभिभावक नभएको बताइएको छ। लकडाउनले मुलुक ठप्प भइरहेका बेला राष्ट्रिय बालअधिकार परिषदले यसअघि काठमाडौँको विभिन्न स्थानबाट पनि ५ जनाबालकको सडकबाट उद्धार गरेको थियो।

यसैबीच, मन्त्री गुरुङले सडकमा अलपत्र परेका कुनै पनिबालबालिका भेटिए स्थानीय प्रहरी वाबालबालिका खोजतलास तथा समन्वय केन्द्रको हटलाईन सेवा १०४ मातत्काल जानकारी गराउन पनि सबैलाई अपिल गरेका छन्।

सरकारले सडक मुक्त बालबालिका बनाउने अभियानलाई तीव्रता दिएको र चालू आर्थिक वर्षको हालसम्म तीन सय ९८ जनाबालबालिकाको सडकबाट उद्धार गरिएको पनि राष्ट्रिय बालअधिकार परिषदका प्रमुख प्रशासकीय अधिकृत भुसालले बताए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट