थप दुई जनामा कोरोना संक्रमण भएको पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुग्यो

 अनलाइनखबर पाटी     ११ बैशाख २०७७, बिहीबार

काठमाडौँ | नेपालमा बिहीबार फेरि कोरोना भाइरसको थप दुई जना संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

मन्त्रालयका दुई जना थप भएसँगै संक्रमितको  संख्या ४७ पुगेको छ। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण वर्ष ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँले जनकपुरका १४ वर्षीया पुरुषमा पनि संक्रमण पुष्टि भएको बताउनुभयो ।

यसैगरी आजै पाटन अस्पतालको आइसोलेनमा उपचार गराइरहेका दुई जना निको भएर घर फर्किएका छन् । उनीहरु पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका हुन् । योसँगै कोरोना निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट