दोलखाको भिमेश्वर नगरपालिका सरकारी निर्देशन उल्लङ्घन गर्दै – बस्ती निर्माणमा

 अनलाइनखबर पाटी     ११ बैशाख २०७७, बिहीबार

बैशाख -११, दोलखा | दोलाखाको भिमेश्वर नगपालिकामा बन्दै गरेको नमुना बस्ति निर्माणमा सरकारलाई चुनौती दिदै काम भइरहेको छ | सिंगो देश लकडाउन भएको महिनादिन बित्दै गर्दा देशमा ४७ जना कोरोना संक्रमित पुस्टि भइसक्यो तर पनि जिलुमा निर्माणधिन नमुना बस्तीलाई भने सरकारले गरेको बन्दा बन्दीले छुन सकेको छैन ।

दोलखाका अधिकांश बजारका पसल मात्रै बन्द छैनन्  लक डाउनले सडक समेत सुनसान बनेका छन् । अत्यावश्यक सेवा तथा बस्तुको उत्पादन तथा बिक्रिबितरण बाहेक सबै कुरामा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दोलखाले नागरिकको हितमा जारी सुचना सम्प्रेषण गरिरहेकै छ | तर कोरोनाको महामारीबाट बच्न पुरै देश लक डाउन भैरहँदा दोलखास्थित जिलु नमुना एकिकृत बस्तीमा भने दिनहु सरकारी निर्देशनको उल्लंघन गर्दै सिंगो बस्ती निर्माण भैरहेको छ ।

दर्जनौ दर्जन मजदुर एकै ठाउँमा भेला गराएर लक डाउनको सरकारी निर्देशनलाई नै चुनौती दिने काम जिलु क्षेत्रमा भैरहँदा स्थानीय समेतले  कोरोनाको संक्रमण झेल्नुपर्ने हो कि भन्ने त्रासमा रहेको आफ्नो नाम खुलाउन नचाहने स्थानीय अगुवा नागरिकले अनलाइन खबर पाटीलाई बताए |

नेपाल सरकारले देशलाई नै लक् डाउन गरेर भीडभाड नियन्त्रण तथा सामाजिक दूरी कायम गर्न आह्वान गरिरहेको छ । तर यहाँ बस्ती निर्माणको निरन्तरताले गाउँभर त्रास बढाएको छ । स्थानीयले भिमेश्वर नगरपालिका र स्थानीय वडा कार्यालय मार्फत बस्ती निर्माण रोकेर स्थानीय नागरिकहरुलाई त्रासमुक्त बनाउन पहल गरे पनि निर्माणको काम रोकिएको भने छैन ।

यो विषम परिस्थितिमा निर्माण कार्य रोकी सरकारको निर्देशन पालना गरौ राहतका कार्यक्रम बढाउ भन्दा बिकास बिरोधि अराजक तत्व भन्दै  स्थानीयलाई उल्टै जनप्रतिनिधिहरुले  गाली गलौच गरेको स्थानीयहरुको गुनासो छ | स्थानीय सरकार नै लक डाउन उल्लंघन गर्न उद्दत रहेकाले आफूहरुको गुनासो सुनुवाई नभएको र त्रासमा बाच्नुपरेको जिलु क्षेत्रका बासिन्दाको बताउछन ।

गाउँ गाउँमा सिंगदरबार भनिए पनि आफू नजिकै भएको स्थानीय सरकारको समेत आभास गर्न नपाएको अनुभव गर्ने जिलुवासी स्थानीय सरकारले आवश्यकतामा भन्दा पनि सनकमा काम गरिरहेको बताउन थालेका छन् । अझ खाद्यान्नको पोस्टर टासेर इट्टा, रड लगायतका निर्माण सामग्री बोक्ने गाडीलाई समेत निर्वाध आवतजावत गर्न दिएर स्थानीय सरकारले लक डाउनको उल्लंघन गरिरहेको आरोप स्थानीयको छ । बस्ती निर्माणका नाममा भीडभाड र जोखिम बढेको छ वा छैन एकिन गरेर सबैलाई मानसिक तथा स्वास्थ्यका हिसाबले सुरक्षित राख्नेतर्फ सरोकारवालाको तत्काल ध्यानाकार्षण हुनु जरुरि छ |

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट