तामाकोशी गाउँपालिकाका युवाहरु काठमाडौंमा खाद्यान्न संकट टार्दै
अनलाइनखबर पाटी १७ बैशाख २०७७, बुधबार
बैशाख -१७ दोलखा । दोलखा जिल्ला तामाकोशी गाउँपालिकाका युवाहरु काठमाडौंमा राहत घर दैलोमा पुर्याइ रहेका छन् | कोराना भाईरसका कारण विशेषगरि संघीय राजधानी काठमाडौंमा विगत एकमहिना भन्दा बढि समयदेखि बन्दाबन्दी तथा लकडाउनमा परेका दोलखा जिल्लाको तामाकोशी र कालिन्चोक लगायतका गाउँपालिकामा स्थायी घर हुने मजदुर तथा विद्यार्थीहरुलाई राहत स्वरुप खाद्यन्न सामग्री ताथ तरकारी वितरण गरिएको छ ।
लामो समयदेखि काठमाडौंमै बस्न बाध्य मजदुर तथा विद्यार्थीहरुले खानेकुरा अभाव भएको गुनासो गरेपछि तामाकोशी गाउँपालिकामा स्थायी घर भई हाल काठमाडौंमै विभिन्न पेशा तथा व्यावसाय गरि बस्ने यूवाहरु रविन खड्का, भुवन केसी, रुपक खड्का, सुरज खड्का र सुन्दर खड्काले आफ्नै व्यक्तिगत लगानीमा राहत वितरण गरेका हुन् । उनीहरुका अनुसार बिशेष तामाकोशी गाउँपालिकामा स्थायी घर हुनेलाई गरिए पनि दुखमा परेका अन्य स्थानका नागरिकहरुलाई पनि राहत वितरण गरिएको छ ।
वैशाख १६ र १७ गते चामल, दाल र तरकारी गाडीमा राखेर भक्तपुर र काडाँघारी र महाराजगञ्जमा बसिरहेका तामाकोशी र कालिन्चोक गाउँपालिकाका स्थानीयहरुलाई उनीहरुले राहत वितरण गरे । कोठामै खाद्यन्न र तरकारी पाएपछि कष्टकर दिनहरु बिताइरहेका नागरिकहरुको मुहारमा खुशियाली छाएको प्रष्टै देख्न सकिन्थ्यो ।
राहत वितरणका क्रममा काडाँघारीमा भेटिएका तामाकोशी गाउँपालिकाका युवा समाजसेवी भुवन केसी आफ्नै पहलमा राहत बाड्न जादामा पनि अवरोध गरेकोमा सरकारको आलोचना गर्दछन् । उनी भन्छन्, आफै पनि राहत नदिने अनि दिनेलाई पनि अवरोध गर्ने, कस्तो रवैया हो यो ? सरकारले अवरोध गरेपनि कोही पनि दोलखालीहरु भोकभोकै बस्नु नपर्ने भन्दै केसी भन्छन् हामीलाई सम्पर्क गरेमा हामी खाने व्यवस्था गरिदिन सक्छौं र कसैको पनि जबर्जस्ती राहत बाडेको तस्विर पनि हामी लिदैनौं । साथै, मानवीय सेवा भावले राहत वितरण गरिएकाले कसैको पनि अनुमति बेगर नामावली प्रकाशन नगरिने तर रेकर्ड भने सुरक्षित राखिएको उनले दाबी गरे ।
Leave a Reply