समाजसेवी बस्नेतले गरे मेलुङ गाउँपालिकाका ११० परिवारलाई खाध्यन्न सहयोग

 अनलाइनखबर पाटी     २६ बैशाख २०७७, शुक्रबार

शोभित उप्रेती – बैशाख २६ दोलखा । दोलखा जिल्ला मेलुङ गाउँपालिका पवटीका समाजसेवि बस्नेत परिवारले   लकडाउनका कारण खाध्यान अभावहुने ११० घरपरिवारलाई   सहयोग गरेेेेेकाछन ।

समाजसेवी  दानबिर रामहरी बस्नेत,  राजेश बस्नेतले यो विषम परिस्थितिलाई मध्यनजर गर्दै ब्यक्तिगत रुपमा मेलुङ गाउपालिका १ पवटीका ११० घर धुरिलाइ राहत स्वरुप १ बोरा चामल १ किलो नुनका दरले प्रत्यक घरलाई  उपलब्ध गराइ सहयोग गरेका हुन ।

खाध्यान संकटकाे घडिमा पराेपकार गर्ने मनबिरकाे कदमलाई नागरिक समाज दाेलखाले  स्वागत गरेकाेछ । अाज दाेलखा सदरमुकाम चरिकोटमा  एक विज्ञप्ति जारिगरि      बस्नेत परिवारलाई दिनदुखीकाे सेवामा सर्मपित भएकाेमा   हार्दिक धन्यवाद ! दिएकाे छ ।

भगवान जप्ने हजारौ ओठभन्दा सेवा गर्ने एउटा हातनै पबित्र हुन्छ भने झै corona virus अर्थात COVID-19 को कहरबाट ग्रसित बिश्वमा रहेका सम्पुर्ण जनताहरु हात मुख जोर्ने समस्याबाट ग्रसित रहेको अवास्थामा मेलुङ-१ पवटि निवासी समाजसेवि गंगा बहादुर बस्नेत (रामहरि बस्नेत) र राजेश बस्नेत ले मेलुङ-१ का दलित, जनजाती, अपाङ्ग, एकल महिला तथा दैनिक ज्यालादारी गरेर खाने ब्यक्तिहरुलाइ आफुले मजदुरी गरेर कमाएको रकमबाट प्रत्येक ब्यक्तिलाई एक एक बोरा चामल र एक एक प्याकेट नुन राहत स्वरुप बितरण गर्नु भएको छ ।

मेलुङ-१ पवटिका ११० परिवारलाई करिब २ लाख बराबरको सामान आफ्नो स्वर्गीय बुबा गणेश बहादुर बस्नेतको सातौ महिनाको मासिकको अवसर पारेर आफ्नो निजि लगानीबाट उक्त लक्षित बर्गको घरमा चारदिन भनेपनी चुलोमा आगो बलोस भन्ने मान्यता रहेका मनका धनी बस्नेतले ठुलो धर्म कमाउनु भएको स्थानियहरुको बुझाइ छ ।

राहत लिनुहुने सिंह बहादुर बि.क ले हामी चुलो निभेका परिवारको चुलो कुनै पनि सरकारले बाल्न नसकेको अवस्थामा “तपाइँले हाम्रो चुलो बालिदिनु भयो । ” भनी आँशु झार्दै आशिर्वाद दिनु भएको निजका भाइ राजेश बस्नेतले बताउनु भएको छ । साबिक पवटिका नौ वटै वडाका लक्षित बर्गको घर घरमा समेत पुगेर राहत बितरण गरेेेेेकाछन।

राहत बितरण कार्यमा स्थानिय सन्जय बस्नेत, गणेश कोइराला, दिनेश उप्रेती, शोभित उप्रेती तथा इ भाइहरु बेल बहादुर बस्नेत, राजेश बस्नेत र छोरा दिलिप बस्नेत लगायतले सहजीकरण गरेका थिए  ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट