दोलखामा थप ९ जना क्वारेन्टाइनमा

 अनलाइनखबर पाटी     २८ बैशाख २०७७, आईतवार

कोपिला कार्की – बैशाख २८, दोलखा | नेपालमा कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन लागू भएको ४८ दिनपछि इलाम जिल्लाबाट दोलखा आएका ९ जना पुरुषलाई भीमेश्वर नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा राखिएको छ ।

भारतको दार्जिलिङसँग सिमा जोडिएको इलामबाट दोलखा आएका कालिञ्चोक गाउँपालिकाका ९ जनालाई भीमेश्वर नगरपालिका–३, टुँडिखेलस्थित तत्कालीन महिला विकास कार्यालयको भवनमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको जिल्ला विपद् व्यवस्थापन समितिका प्रवक्ता विभुकुमार झाले जानकारी दिए । उनीहरु सहित दोलखामा क्वारेन्टाइनमा राखिएकाको संख्या ३२ जना पुगेको छ ।

इलाम जिल्लामा निर्माणाधिन एक जलविद्युत् आयोजनामा काम गर्ने कालिञ्चोक गाउँपालिका–१, कालिञ्चोकका ३ जना, वडा नम्बर २ बाबरेका एकजना र वडा नम्बर ४ लामिडाँडाका ५ जनालाई स्वास्थ्य परीक्षण पछि क्वारेन्टाईनमा राखिएको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । इलाम जिल्ला प्रशासन कार्यालयले पनि स्वास्थ्य परीक्षण गरेर पठाएको भए पनि चरिकोटमा पनि स्वास्थ्य परीक्षण गरिएको प्रवक्ता झाले जानकारी दिए ।

उनीहरुलाई आईतबारदेखि १४ दिन क्वारेन्टाईनमा राखिने प्रवक्ता झाले जानकारी दिए । यसअघि पनि भारतलगायत काठमाण्डौंबाट जिल्ला भित्रिएका कालिञ्चोक गाउँपालिकाकै २३ जनालाई कालिञ्चोक गाउँपालिका–३ सिंगटीस्थित प्रतापस्मृति क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट