दोलखा काङ्ग्रेसले केपि र मोदिको पुत्ला यसरी जलायो

 अनलाइनखबर पाटी     ३० बैशाख २०७७, मंगलवार

शोभित उप्रेती – बैशाख २९, दोलखा । दोलखा काङ्ग्रेसले भारतको मोदी सरकारको विरोधमा सोमबार साँझ दोलखाको सदरमुकाम चरिकोटमा राँके जुलुस प्रदर्शन गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।

लिपुलेकमा नेपाली भूमी अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा नेपाल विद्यार्थी संघ दोलखाद्वारा राँके जुलुस प्रदर्शन गरि मोदी र ओलीको पुत्ला दहन गरिएको नेवि संघ दोलखाका नेता सुरेश गौतमले जानकारी दिए ।

लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, नालायक सरकार राजीनामा दे, सीमा मिच्न पाइदैन जस्ता नारा लगाउँदै नेवि संघका युवा हातमा राँको लिएर नारावाजी गर्दै सातदोबाटो चोक पुगेका थिए ।

उनीहरुले दोलखा सदरमुकामस्थित काँग्रेस पार्टी कार्यालयदेखि नाराजुलुस गर्दै सातदोबाटो चोकमा पुगेर मोदी र ओलीको पुत्ला दहन गरेको नेता गौतमले जानकारी दिए ।

आफ्नो भूमी मिचिँदासमेत सरकारले पत्तो नपाउनु भनेको देश र नेपाली जनताप्रतिको अपमान भएको आरोप लगाउँदै नेविसंघले राँके जुलुस निकालेको गौतमले बताए ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट