नेपालमा एकैपटक ४७ जनामा देखियो कोरोना संक्रमण – जम्मा ३५७ जनाको पुस्टि

 अनलाइनखबर पाटी     ५ जेष्ठ २०७७, सोमबार

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुगेका छ। कोरोना संक्रमित बाँकेको एकै गाउँमा ४७ जना पाइएका छन्।

मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार भेरी अस्पतालको प्रयोगशालामा बाँके नरैनापुरका ४६ जना पुरुष र १ जना महिला कोरोना संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार  विराटनगरको प्रादेशिक प्रयोगशालामा मोरङका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुस्टि  भएको हो।

भैरहवाको प्रयोगशालमा गुल्मीका एक पुरुष, धुलिखेल अस्पतालको प्रयोगशालामा धनुषाका एकजना, रौतहटका एकजना, दाङका एकजना र धादिङका एकजनामा पूरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हाल सम्म ३० हजार ७ सय २३ वटा नमूना पीसीआर विधिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट